०२ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

महोत्तरी प्रहरीले गोली हानेर पेशेवर डकैत पासवानलाई समात्यो

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ ३१, २०८१

जनकपुरधाम । महोत्तरी प्रहरीले एक पेशेबर डकैतलाई गोली हानेर समात्न सफल भएको छ ।

भारतीय सिमासँग जोडिएको तथा महोत्तरी र सर्लाहीको सिमामा पर्ने खैरनी भन्ने ठाउँबाट डकैत विजेन्द्र पासवान पक्राउ परेका हुन् । लुकीछिपी बसेको अवस्थामा पक्राउ गर्न प्रहरी जाँदा उनी भाग्न खोजेका थिए । सो क्रममा प्रहरीले एक राउण्ड गोली चलाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका २ घर भएका पासवानको बायाँ खुट्टाको घुँडामुनी गोली लागेको छ । अहिले उनको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवालले आईतवार राति करिब ११ बजे पासवानलाई पक्राउ गरेको जानकारी दिए । उनले भने, ‘भाग्न खोज्दा गोली चलाउनुपर्यो । पासवानको उपचार जलेश्वर प्रादेशिक अस्पतालमा भइरुहेको छ । उनी खतरामुक्त छन् ।’

पासवानले बाराको २, महोत्तरीको २, सिरहा, सर्लाही र सिन्धुलीको १÷१ स्थानमा डकैती गरेको डिएसपी जयसवालले जानकारी दिए । उनका अनुसार पासवान भारतको विभिन्न स्थानमा समेत डकैती गरेको अनुसन्धानबाट खुलेको छ ।

‘डकैती सम्बन्धी मुद्दा पासवानमाथि पहिलेदेखि दर्ता छ,’ उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]