२२ माघ २०८२, बिहिबार
05-02-2026 , Thu
×

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, आषाढ ३२, २०८१

जनकपुरधाम । धनुषा जिल्ला अदालतले आजदेखि स्वचालित पेसी प्रणाली लागू गरेको छ ।

अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागू गरिएको न्यायाधीश चुडामान खड्काले बताउनुभयो । यसअघि, सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेसी प्रणाली लागू भइसकेको छ । साथै आजदेखि पारिवारिक इजलास सञ्चालन भएको उहाँले बताउनुभयो ।

अदालतले पुराना मुद्दा चालु आर्थिक वर्षभित्रमा फछ्र्याैट गरेर अर्को आर्थिक वर्षमा त्यसलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । धनुषा जिल्ला अदालतमा आव २०८०÷८१ मा जिम्मेवारी सरेर आएकामध्ये तीन हजार एक सय ८४ र नयाँ दर्ता भएकामध्ये एक हजार नौ सय ९१ मुद्दा फछ्र्याैट भएका छन् ।

जिल्ला अदालतमा सबैभन्दा बढी देवानी मुद्दाअन्तर्गत लेनदेन मुद्दा फछ्र्यौट गर्न बाँकी छ । लेनदेन मुद्दाको सङ्ख्या एक हजार आठ सय २७, अंश मुद्दा एक हजार ९९ र बैङ्किङ कसुरसम्बन्धी एक सय १० मुद्दा परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]