२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

मन्त्री महासेठद्वारा धनुषाको सबैलामा कब्बडी, भलिबल र क्रिकेट खेलहरुको समुदघाटन

Logo
प्रकाशित शनिबार, आश्विन १८, २०७६

संजय साह,जनकपुरधाम । संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेपाली जनताले दिएको जनादेश नेपाल सरकारले पुरा गर्ने दावी गरेका छन् । धनुषाको सवैलामा विजयादशमीको अवसरमा आयोजित मेलामा आयोजना गरिएको कब्बडी, भलिबल र क्रिकेट खेलहरुको समुदघाटन समारोहमा बोल्दै मन्त्री महासेठले जनताले राम्रा सडकमा हिन्न, पुलको माध्यमले बाटो पार गर्न सहितका जनादेश सहित समेत सरकारलाई दुइतिहाई दिएकाले ति सवै सपना साकार हुनेमा विश्वस्त हुन सवैलाई आग्रह गरेका छन्।

पाँच वर्षको कार्यकालमा सडकको कनेक्टिीभिटी, पुलपुलेसोको व्यवस्था भरपर्दो रुपमा उनले दावी गरेका छन् । आफनो गाँउ आफै बनाउन पुर्व प्रधानमन्त्री स्व.मनमोहन अधिकारीले देखाएको प्रेरणावाट वर्तमान सरकार देशको विकास गर्न प्रतिवद्व रहेको उनको तर्क थियो । विकासमा कुनै वाधा नहुने उनको तर्क छ । कार्यक्रममा बोल्दै नेकपाका पोलीट ब्युरो सदस्य योगनारायण यादवले  खेलकुदको प्राथमिकताले नै युवाको विकास हुनेमा जोड दिएका छन् ।

कार्यक्रममा नेकपाका नेताहरु श्रवण यादव बरबरिया, नेकपाका धनुषा अध्यक्ष राजकिशोर यादव, सवैला नगरपालिकाका प्रमुख विजय शंकर साह, युवा नेता राजु गुप्ता सहितकाले आ–आफनो धारणा राखेका थिए । गँुरास युवा क्लव, रामजानकी युवा क्लव र आर्दश युवा क्लवको आयोजनामा भइरहेको तिनवटै विद्याका खेलहरु एकादशीका दिन सम्म जारी रहने गुराँस युवा क्लवका अध्यक्ष नथुनी यादवले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]