०५ कार्तिक २०८२, बुधबार
22-10-2025 , Wed
×

मन्त्री महासेठद्वारा धनुषाको सबैलामा कब्बडी, भलिबल र क्रिकेट खेलहरुको समुदघाटन

Logo
प्रकाशित शनिबार, आश्विन १८, २०७६

संजय साह,जनकपुरधाम । संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेपाली जनताले दिएको जनादेश नेपाल सरकारले पुरा गर्ने दावी गरेका छन् । धनुषाको सवैलामा विजयादशमीको अवसरमा आयोजित मेलामा आयोजना गरिएको कब्बडी, भलिबल र क्रिकेट खेलहरुको समुदघाटन समारोहमा बोल्दै मन्त्री महासेठले जनताले राम्रा सडकमा हिन्न, पुलको माध्यमले बाटो पार गर्न सहितका जनादेश सहित समेत सरकारलाई दुइतिहाई दिएकाले ति सवै सपना साकार हुनेमा विश्वस्त हुन सवैलाई आग्रह गरेका छन्।

पाँच वर्षको कार्यकालमा सडकको कनेक्टिीभिटी, पुलपुलेसोको व्यवस्था भरपर्दो रुपमा उनले दावी गरेका छन् । आफनो गाँउ आफै बनाउन पुर्व प्रधानमन्त्री स्व.मनमोहन अधिकारीले देखाएको प्रेरणावाट वर्तमान सरकार देशको विकास गर्न प्रतिवद्व रहेको उनको तर्क थियो । विकासमा कुनै वाधा नहुने उनको तर्क छ । कार्यक्रममा बोल्दै नेकपाका पोलीट ब्युरो सदस्य योगनारायण यादवले  खेलकुदको प्राथमिकताले नै युवाको विकास हुनेमा जोड दिएका छन् ।

कार्यक्रममा नेकपाका नेताहरु श्रवण यादव बरबरिया, नेकपाका धनुषा अध्यक्ष राजकिशोर यादव, सवैला नगरपालिकाका प्रमुख विजय शंकर साह, युवा नेता राजु गुप्ता सहितकाले आ–आफनो धारणा राखेका थिए । गँुरास युवा क्लव, रामजानकी युवा क्लव र आर्दश युवा क्लवको आयोजनामा भइरहेको तिनवटै विद्याका खेलहरु एकादशीका दिन सम्म जारी रहने गुराँस युवा क्लवका अध्यक्ष नथुनी यादवले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]