२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

मधेशका उद्योग ,वाणिज्य तथा पर्यटनमन्त्री मियाले गरे पदभार ग्रहण

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन ०३, २०८१

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाले प्रदेशको आर्थिक विकास र रोजगारी सृजनामा विशेष दिनुपर्ने बताएका छन् ।

आज पदभार ग्रहण गर्दै मन्त्री मियाले भने, ‘मधेश ठूलो सम्भावना बोकेको प्रदेश हो । उद्योग क्षेत्रको विस्तारमा लाग्नुपर्छ । यसले मात्र प्रदेशको आर्थिक विकास र रोजगारी सृजना गर्छ ।’

उनले मधेशका आठवटै जिल्लामा उद्योग विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, उद्योगमैत्री वातावरण निर्माण र थप रोजगारी सृजना गर्न सबै स्रोत साधन परिचालन गर्नेमा जोड दिने निर्णय पनि गरेका छन् ।

सप्तरीको क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद मिया जनमत पार्टीबाट मन्त्री बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]