१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

ग्रिनसिफ्ट परियोजनाद्वारा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन ०३, २०८१

ललितपुर । ईयुको सहयोगमामा क्रिएसन नेपालद्वारा संचालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत ललितपुर उपमहानगरपालिकाका चार वेस्ट स्मार्ट स्कुलबीच अन्तर बिद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

शुक्रबार ललितपुरमा आयोजित प्रतियोगितामा आदर्श शौल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेका थिए ।

त्यस्तै, श्रमजित किसोर माध्यमिक विद्यालयले दोस्रो र प्रभात माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेका छन ।
बिजेता विद्यालयका बिद्यार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

ग्रिनसिफ्ट परियोजना अन्तर्गत ललितपुर उपमहानगरपालिकामा संचालित चार वेस्ट स्मार्ट स्कुलहरु आदर्श साउला युबक माध्यमिक विद्यालय सैंबु, प्रभात माध्यमिक विद्यालय त्यागल, बाल बिनोद माध्यमिक विद्यालय नस् टोल – खाल) र श्रमजित किशोर माध्यमिक विद्यालय, लुन्खुशीका बिधार्थीहरु भाग लिएका थिए । प्रत्येक बिधालयबाट पाँच पाँच जनाको समुहले विभिन्न राउन्डमा सोधिएका प्रश्नहरुको उतर दिएका थिए ।

यस्ता कार्यक्रमले बिद्यालय स्तरमा बिद्यार्थीहरुको जनचेतनास्तर वृद्धि गर्न र जागरुकता फैलाउन मदत पुग्ने परियोजनाका सन्चार अधिकृत नीति प्रधानले बताइन । उनले बिद्यार्थीहरुलाई स्कुल तहमै फोहोरमैला ब्यबस्थापन, जलवायु परिवर्तन र पर्यावरण संरक्षणका लागि महत्वपूर्ण कोशेढुगांसाबित हुने बिश्वास ब्यक्त गरिन ।

सहभागी बिद्यार्थीहरुलाई प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन, पर्यावरण र जलवायु परिवर्तन सम्बन्धित पाँच राउन्डमा प्रश्नहरु सोधिएको थियो ।

ईयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि बागमती, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरमैला ब्यबस्थापन र चक्रीय अर्थतन्त्र प्रबद्र्धन गर्नका लागी विभिन्न क्रियाकलाप सन्चालन गरीरहेको छ। क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]