०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

बसही पुल यथाशिघ्र बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, साउन ०३, २०८१

जनकपुरधाम । दुर्घटनामा दर्जनौले ज्यान गुमाइ सकेको जनकपुर ढल्केवर सडक खण्डको बसही पुल यथाशिघ्र निर्माण गर्न माग गर्दै जनमत पार्टी मिथिला नगरपालिकाको नगर कार्य समितिले मधेश प्रदेशका मुख्यमन्त्रीलाई शुक्रवार ध्यानाकर्षण पत्र बुझाएको छ ।

मिथिला नगरपालिका वडा नं. २ र ६ को सिमानामा पर्ने बसही खोलाको सो पुलमा सवारी दुर्घटनामा परि दर्जर्नौ व्यक्तिको ज्यान गईसकेकोले अधुरा पुल यथाशिघ्र निर्माण गर्न माग गर्दै जनमत पार्टीको मिथिला नगर कार्य समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पार्टीका नगर कार्य समितिका अध्यक्ष अभिमन्यु प्रसाद महतो र पूर्व अध्यक्ष सरोजकुमार सिंह सहित गएको टोलीले मुख्यमन्त्री सिंहलाई बुझाएको पत्रमा बसही खोलामाथिको पुल निर्माण कार्य किन रोकिएको हो त्यसको छानविन गरी यथाशिघ्र निर्माण कार्यका लागि पहल गरिदिन ध्यानाकर्षण गराएको छ । छ लेनको जनकपुर ढल्केवर सडक खण्ड निर्माण कार्य सकिएपनि बसही खोलामाथिको पुल निर्माण कार्य वर्षौदेखि अलपत्र छ ।

सडक चौडा भएपनि सडक अनुसार नयाँ पुल निर्माण कार्य समयमै नहुँदा पुरानो जिर्ण पुल साँघुरो भएकाले सवारी दुर्घटना प्रायः दिनहुँ भईरहेकाले नागरिकको ज्यान बचाउन भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको जनमतका पूर्व नगर अध्यक्ष सिंहले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]