१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

सिरहाको औरहीमा शिवजीको ताण्डव : ०.३५ प्रतिशत बिलोमै ठेक्का , कमिसनको खेला

Logo
डीके यादव प्रकाशित आइतबार, साउन ०५, २०८१

सिरहा : सिरहाको औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको तथ्य बाहिरिएको छ। आ.व.२०७९/८० मा औरही गाउँपालिकाले संचालन गरेको योजनाहरुको गोप्य सुचना गरि ०.३५ प्रतिशत बिलो भन्दा कम बिलोमा नै ठेक्काहरु समझौता गरेको पाइएको छ। कमिसनको बार्गेनिङ गर्ने र अग्रिम कमिसन लिएर मिलोमतोमा त्यस्ता गतिविधि भैरहेको छ। त्यसरी गैरकानुनी रुपमा ठेक्का लगाउने र अबैध रुपमा आर्थिक लाभ लिने औरही गाउँपालिकाका जनप्रतिनिधिहरुको धन्दा नै बनेको छ।

आर्थिक बर्ष २०७९/८० मा औरही गाउँपालिकाले संचालन गरेको योजनाहरु मध्ये अधिकांश योजनाहरु गोप्य तरिकाबाट बिना सुचना मिलोमतोमा नै ठेक्का दिएको छ। महालेखा परिक्षकको कार्यालयले हालै प्रकाशन गरेको आ.ब.२०७९/८० को प्रतिबेदन अनुसार औरही गाउँपालिकाले औरही गापा खानेपानी योजनाको लागी ४ लाख ९३ हजार १ सय ९० रुपैया लागत अनुमान रहेकोमा ४ लाख ९१ हजार ४ सय ४८ रुपैया अर्थात ०.३५ प्रतिशत बिलोमा नै समृद्ध कन्सट्रक्सन संग सम्झौता गरी ठेक्का दिएको छ। बोलपत्र तथा शिलबन्दी दरभाउपत्रको अहवान गरि खुल्ला प्रतिस्पर्धा बाट गरेको भए यति धेरै न्युन बिलोमा ठेक्का लाग्ने थिएन । यसरी हेर्दा पालिकाको आर्थिक भार बढ्नुको साथै जनप्रतिनिधि तथा कर्मचारीहरुले अनैतिक लाभ लिएको देखिन्छ।

 

त्यसतै नवटोली पासवान टोल देखी राम प्रसादकोको घर हुदै शर्मा टोल सम्म सडक ढलानमा ६ लाख ६९ हजार लागत अनुमान रहेकोमा ६ लाख ६६ हजार ४ सय ८० रुपैया अर्थात ०.३७ प्रतिशत बिलोमा नै शर्मा निर्माण सेवालाई , वडा न.४ मा हेण्ड पम्प जडान कार्यका लागी ९ लाख ७० हजार लागत अनुमान रहेकोमा ९ लाख ५९ हजार १ सय ४७ रुपैया अर्थात १.११ प्रतिशत बिलोमा नै रिशु कन्स्ट्रक्सनलाई , दुउरीपट्टी अशोक झा घर देखी स्कुल जाने बाटो बाटोको लागी ९ लाख ७० हजार लागत अनुमान रहेकोमा ९ लाख ५७ हजार ३ सय ४५ रुपैया अर्थात १.३ प्रतिशत बिलोमा नै परोपकार निर्माण सेवालाई , गापा औरही ३ मा कृषि सडक निर्माणका लागी ९ लाख ७० हजार लागत अनुमान रहेकोमा ९ लाख ४९ हजार ८ सय ७८ रुपैया अर्थात २.०७ प्रतिशत बिलोमा नै माही एण्ड मोहित कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ।

 

यसरी नै अन्य निर्माण कम्पनीहरु एस एण्ड आए कन्स्ट्रक्सनलाई २.३६ प्रतिशत बिलोमा , सुर्या कन्स्ट्रक्सनलाई ३.८९ प्रतिशत बिलोमा , ओशो कन्स्ट्रक्सनलाई ०.९६ प्रतिशत बिलोमा , अमन कन्स्ट्रक्सनलाई १.०६ प्रतिशत बिलोमा , आदित्य कन्स्ट्रक्सनलाई २.३ प्रतिशत बिलोमा , आर बि इन्जिनियरिङ निर्माण तथा परामर्शलाई एउटा १.०२ र अर्को ४.४२ प्रतिशत बिलोमा , पि के निर्माण सेवालाई १.०३ प्रतिशत बिलोमा , धमनी बाबा कन्स्ट्रक्सन एण्ड सर्भिसेज लाई ०.९० प्रतिशत बिलोमा नै ठेक्का समझौता गरि दिएको छ।

सरकारी रकम खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३ अनुसार तोकिएको वयवस्था अनुसार गर्नुपर्ने हुन्छ। उक्त ऐनको दफा २६ मा बोलपत्र दाताले मिलोमतो गरि बोलपत्र दाखिला गरेको पाइएमा त्यस्ता बोलपत्र रद्द हुने वयवस्था छ। औरही गाउँपालिकाले आ.ब.२०७९/८० मा गरेको केही ठेक्का समझौताहरुलाई महालेखा परिक्षकको कार्यालयले गरेको नमुना परिक्षणमा लागत अनुमान भन्दा ०.३५ प्रतिशत भन्दा पनि घटीमा ठेक्का समझौता गरि कार्यसम्मपन गरेकोले खरिद अर्थात ठेक्का कार्य प्रतिस्पर्धी छ भन्न सकिनने अवस्था देखिएन भनेर प्रतिवेदनमै औल्याएको छ। यसरी महालेखा परिक्षणकै प्रतिबेदन लाई आधार मान्ने हो भने पनि मिलोमतोमा भ्रष्टाचार गर्ने नियतले त्यसता ठेक्का समझौता भएको प्रमाणित हुन्छ।

त्यसतै हरेक योजनामा समझौता रकमको करिब करिब शतप्रतिशत (१००%) नै भुक्तानी भएको देखिन्छ। यसले पनि मिलोमतोमा ठेक्का समझौता भइ भ्रष्टाचार गरेको भनेर थप पुस्टी गर्दछ। यसरी पालिकाले कोटेशन मार्फत संचालन गर्ने योजनाहरुमा २० देखी ३० प्रतिशत र उपभोक्ता मार्फत संचालन गर्ने योजनाहरुमा १०-२० प्रतिशत सम्म कमिसन उठाउने गरेको स्थानीयको गुनासो छ। उपभोक्ता समिति मार्फत संचालन हुने आयोजनाहरुबाट कमिसन नउठ्ने देखेपछि उपभोक्ता बाट पनि इन्डायरेक्ट रुपमा ठेक्केदारलाई काम गर्न दिएर कमिसन लिने गरेको छ भने पालिकामा संचालन हुने अधिकान्स योजनाहरु अध्यक्ष यादवका ज्वाइले नै चलाउने गरेको छ। साथै योजनाको अनुगमन देखि चेक बितरण सम्मको कार्यालयको आन्तरिक काममा समेत अध्यक्ष शिवजी यादवले आफ्ना छोरा रुकेश यादवलाई परिचालन गरिरहेको छ।

औरही गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ अर्थात यस वर्ष संचालन भएको योजनाहरुको चेक काटिसकेको छ , तर वितरण भएको छैन। कमिसनको लेनदेन मिलेका केही उपभोक्ता र निर्माण कम्पनीहरुको चेक प्रहरी परिचालन गरि वितरण गरेपनि बाकीको चेक अध्यक्ष शिवजी यादवको आदेशमा रोकिएको छ। प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झा र लेखापाल असार २४ यता कार्यालय आएका छैन् । चेक लिने भए कमिसन बापतको रकम लिएर उपभोक्ता र निर्माण कम्पनी लाई जनकपुर बोलाई रहेको नाम नबताउने सर्तमा एक उपभोक्ता समितिले बताउनु भयो। चेक काटीसकेपछि १५ दिन सम्म समय सिमा हुन्छ। त्यो समय सम्म प्रमुख प्रशासकीय अधिकृत र लेखापाल अध्यक्ष शिवजी यादवकै निर्देशनमा कार्यालय आउदैन। चेक नलिए पैसा डुब्छ की भन्ने चिन्ता , लिन चाहे त्यति धेरै कमिसन कहाँबाट तिर्ने भने चिन्ताले चिन्तित छु।

गाउँपालिका अध्यक्ष शिवजी यादव र कर्मचारीहरुको मिलोमतोमा हुने यस्ता भ्रष्टाचार जन्य गतिविधि बारे नागरिक जानकार नभएको भन्ने पक्कै होइन तर बोल्न सकिरहेका छैन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]