०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

मधेसका मुख्यमन्त्री सिंहद्वारा बगर जमिनको स्थलगत निरीक्षण

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन ०८, २०८१

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बुधबार ७ हजार बिघा बगर जमिनको स्थलगत निरीक्षण गरेका छन् ।

धनुषाको कमला नगरपालिकामा रहेको ६/७ हजार बिघा बगर जमिनको मुख्यमन्त्री सिंहले स्थलगत निरीक्षण गरेका हुन् ।

बगर खेती योग्य जमिनमा प्रदेश सरकारबाट कृषि उत्पादन गर्ने उद्देश्यले मुख्यमन्त्री सिंह नेतृत्वको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

निरीक्षणपछि मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारले बगर खेती योग्य जमिनको सदुपयोग गर्ने घोषणा गरेका छन् ।

जम्बो टोली लिएर निरीक्षण गरेका मुख्यमन्त्री सिंहले स्थानीयसँग गरेको अन्तरक्रियामा आफ्नो नेतृत्वको सरकारले कमला नगरपालिकामा रहेको बगर खेती योग्य जमिनमा द्रुत गतिमा काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘यो जमिनमा के कस्ता खेती गर्न सकिन्छ, त्यसको डीपीआर तयार गर्छांै । त्यहीकारणले सबै क्षेत्रका विज्ञ लिएर पनि आएका हौं । डीपीआर तयार भइसकेपछि मल्टी उद्देश्यले कामको थालनी हुनेछ । तर यो चाँडै सुरु हुनेछ ।’

सबै सरकारले कमलाको बगर खेतीमा काम गर्ने आश्वासन दिए पनि आफ्नो नेतृत्वको सरकारले त्यसलाई परिणाम आउने गरी काम गरेर देखाउने उनले आश्वासन दिए ।

सरकारले लगानी गर्नका लागि नै निरीक्षण गरेको मुख्यमन्त्री सिंहको भनाइ छ । प्रदेश सरकारले बगर खेती योग्य जमिनमा कृषिलाई लक्षित गरेर कामको सुरुवात गर्ने योजना बनाएको छ ।

मुख्यमन्त्री सिंहले बुधबार गरेको बगर खेती योग्य जमिनको अवलोकन पश्चात् पूरै योजना तयार गरिएको स्थानीयलाई सुनाए । उनले कमलाको बगरमा ताल बनाउन, माछा पालन, बाख्रा पालन,भैँसी पालन, केरा खेती जस्ता मल्टी प्रपजका लागि खेती गरिने बताएका छन् । ताल बनाइयो भने वाटर लेभल पनि बढ्ने भएकाले बगर खेती योग्य जमिनको सदुपयोग गर्न अपरिहार्य भएको उनको ठहर छ ।

त्यसका लागि स्थानीय पालिकादेखि सबै सम्बन्धित संस्थाहरूले सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । सबैको समन्वयमा काम भयो भने उपल्बधीमूलक हुने उनको तर्क छ । स्थलगत निरीक्षणमा कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीसहित सबै क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]