१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

पोषण पुन:स्थापना केन्द्र भवन मुख्यमन्त्री सिंहद्वारा उद्घाटन

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन १०, २०८१

जनकपुरधाम,११ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पोषण पुन:स्थापना केन्द्र भवनको उद्घाटन गरेका छन् ।

शुक्रबार एक समारोहबीच प्रादेशिक अस्पताल जनकपुरधामको प्राङ्गणमा अवस्थित पोषण पुन:स्थापना केन्द्रको दुईकोठे भवनको संयुक्त रुपमा उद्घाटन मुख्यमन्त्री सिंह तथा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले गरेका हुन् ।

वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा एकीकृत ग्रामीण समाज विकास बर्दिवासद्वारा एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको पोषण पुनःस्थापना केन्द्रको दुई कोठे भवन कक्षको उद्घाटनको क्रममा मुख्यमन्त्री सिंहले अस्पतालको प्राङ्गणमा पोषण भवन निर्माणले मधेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउने बताए ।

उनले कुपोषित बालबालिकाहरुको उपचारका लागि निर्माण गरिएको प्रति दाता संस्थाप्रति आभार व्यक्त गरे ।

यस्तै, वर्ल्ड भिजन इन्टरनेशनलका प्रतिनिधि अनुप राणाले बालबालिकाको पोषणको क्षेत्रमा काम गर्ने उदेश्य राखेको संस्थाले मधेशका विभिन्न जिल्लामा काम गरिरहेको बताए ।

उनले कुपोषित बालबालिकाको उपचारमा कुनै किसिमको वाधा नहोस् भन्ने अभिप्रायका साथ उक्त भवन निर्माण गरिएको बताउदै प्रत्येक बालबालिकाको पोषणसम्बन्धी अधिकार सुनिश्चित गराउनु नै संस्थाको उद्देश्य रहेको उल्लेख गरे ।

सो भवन १९ लाख ५९ हजार ९ सय ५९ रुपियाँको लागतमा निर्माण गरिएको भवनमा उपचार गर्न आउने बालाबालिकालाई वर्ल्ड भिजनले खेलकुद सामग्रीसमेत उपलब्ध गराउने गरेको छ । पोषण भवन उद्घाटन कार्यक्रममा मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति डा. अङ्कुर साह, रजिस्ट्रार डा. विनोद यादव लगायतको उपस्तिथि थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]