०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

मधेस सरकारको कामको समीक्षा गर्दै सकियो जनमत सचिवालय बैठक

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ११, २०८१

जनकपुरधाम ,१२ साउन। मधेस सरकारको नेतृत्व पाएको लगभग ५० दिनसम्ममा भएको प्रगतिको समीक्षा गर्दै जनमत पार्टीको सचिवालय बैठक सकिएको छ ।

जनकपुरधामस्थित पार्टीको केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु भएको सचिवालय बैठक मधेस सरकारलाई अझ चलायमान बनाउन पार्टीको तर्फबाट चार बुँदे सुझावसहितको निर्णय गर्दै शनिबार सम्पन्न भएको हो ।

बैठक खासगरी मधेस सरकार कामकाजको बारेमा तथा काम गर्न देखिएका कठिनाइको सवालमा केन्द्रित रहेको जनमत पार्टीले जानकारी दिएको छ । ‘दुई दिनसम्म चलेको बैठकमा पार्टीले नेतृत्व गरिरहेको मधेस सरकारले कार्यभार सम्हालेको करिब ४९ दिनमा के कतिको प्रगति गर्‍यो ? जनताका समस्यामा कतिको काम गर्‍यो ? सरकार सञ्चालन गर्दा के–के समस्याहरू देखा परेका छन् त्यसको बारेमा छलफल केन्द्रित रहेको थियो,’ पार्टी प्रवक्ता डा.शरद सिंह यादवले जनाए ।

उनका अनुसार मुख्यतः यही सेरोफेरोमा रहेर चलेको बैठकमा मधेस सरकारको ४५ दिनसम्ममा भएको गतिविधिको बारेमा समीक्षा गरेको थियो । त्यसपछि सरकारलाई अझ बढी चलायमान बनाउन समीक्षा बैठकले सुझाव दिएको उनको भनाई छ ।

जनमतको सचिवालय बैठकले योसँगै आगामी दिनमा हुने प्रदेश सरकारको कार्ययोजना बारेमा छलफल गरेको थियो भने प्रदेशमा देखिएका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्नतर्फ ध्यान दिन मुख्यमन्त्री सिंहलाई निर्देशन दिएको छ ।

यसैगरी प्रदेशमा व्यापक रूपमा रोजगारीका कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिइएको जनमत पार्टी प्रवक्ता डा. यादव बताउँछन् । बैठकबाट प्राप्त सुझावहरू सरकारको तर्फबाट जनतालाई फाइदा हुने सबै गतिविधि गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता पनि जनाएको बताइएको छ । जनमत अध्यक्ष डा.सीके राउतको अध्यक्षतामा सो बैठक चलेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]