०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

‘व्यवसायीहरुको समस्याप्रति मधेश सरकार गम्भीर’

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन १२, २०८१

जनकपुरधाम ,१२ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्योगी व्यवसायीहरुको समस्याप्रती मधेश सरकार गम्भीर रहेको बताए ।

शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभाको समुद्घाटन गर्दै मुख्यमन्त्री सिंहले आफू व्यवसायीहरुको समस्याप्रति गम्भीर रहेको बताएका छन् ।

मुख्यमन्त्री सिंहले, ‘आफू पनि सप्तरीमा उद्योग वाणिज्य संघको सदस्य रहेकोले व्यवसायीहरुको समस्या बुझेको छु।’ उनले व्यवसायीहरुलाई सीमानाका क्षेत्रबाट सामग्री ल्याउनमा निकै समस्या रहेको बताउँदै मुख्यमन्त्री सिंहले व्यापारीहरुलाई सीमापारबाट सामग्री ल्याउन समस्या भइरहेको, राजस्व वृद्धिले व्यवसायीहरु मर्कामा रहेको, करको समस्या, दक्ष जनशक्तिको अभावसमेत रहेको भने ।

उनले मधेशमा रोजगारको समस्या पनि रहेकाले यस प्रति प्रदेश सरकार गम्भीर रहको बताए । उनले रोजगारीका लागि धनुषा–सिरहा कमला नदी क्षेत्रमा सयौँ विघा जग्गामा खेतीपाती गरी रोजगारीको सिर्जना गरिने योजना रहेको बताए।

उनले मधेशमा रहेको उद्योगहरुमा पनि अधिकांश कामदारका सवालमा बाहिरको नै रहेका बताए । मधेश प्रदेशको व्यापार, व्यवसाय, उद्योग संचालनलगायतका सवालमा पनि विशेषगरी कामदारका रुपमा बाहिरको नै रहने गरेकाले स्थानीय युवालाई रोजगारीको समस्या रहेको बताए ।

उनले व्यवसायी तथा व्यापारीहरुको हकहितका लागि सकारात्मक रहेकाले नीति निर्माण तहमा सरोकारवाललाई सहभागी गराइने प्रतिवद्धता व्यक्त गरे ।

मधेश प्रदेशको विभिन्न भन्सार नाकाबाट व्यवसायलाई सामग्री भित्रियाउन निकै समस्या र चुनौती हुने गरेको समेत उनले स्मरण गरे ।

जउवा संघको अध्यक्ष जितेन्द्र कुमार महासेठको अध्यक्षतामा भएको साधारणसभामा विभिन्न वक्ताले शुभकामना मन्तव्य दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]