१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

आज साउनको दोस्रो सोमबार,कपलेश्वरनाथसहित देशभरका शिवालयमा घुइँचो

Logo
न्यूजमधेश प्रकाशित सोमबार, साउन १३, २०८१

जनकपुरधाम,१४ साउन । आज साउन महिनाको दोस्रो सोमबार हो। जनकपुरधामको कपलेश्वरनाथसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।

पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल कपलेश्वरनाथ,मंगलेश्वर महादेव, शिव मन्दिर,जलेश्वरको जलेश्वरनाथ,टुटेश्वरनाथ महादेव र पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।

हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]