२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

शास्त्रीय सङ्गीत साधक गुरुदेवको शोकमा मधेस सरकारले आधा झुकाइयो राष्ट्रिय झन्डा

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन १९, २०८१

जनकपुरधाम ,२० साउन । मधेस प्रदेश सरकारले गायक गुरुदेव कामतको निधनको शोकमा नेपालको झण्डा आधा झुकाएर सरकारी कामकाज गरेको छ । शास्त्रीय संगीतका साधक एवम लोकप्रिय गायक कामतको शोकमा प्रदेश सरकारले आज आधा झण्डा झुकाएर काम गरेको हो ।

गायक कामतको १७ साउनमा (बिहीबार) असामयिक निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएको भन्दै सम्मानका लागि आधा झण्डा झुकाउने निर्णय प्रदेश सरकारले गरेको थियो । प्रदेश सरकारको सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिश कुमार सिंहले बताए ।

आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सिंहले भनेका छन्, ‘गुरुदेवजीको सांगतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र संघर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम क्षणसँग लड्दै शास्त्रीय तथा सुगम संगीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उहाँले लागिरहनुभयो ।

जुन स्मरणीय छ, उहाँको सांगतिक स्वरले मधेशको भूमिलाई सदैव गौरव गरिमाबाट विभूषित गरिरहनेछ । यो संगै संगीत शिक्षालाई उहाँले नेपालमा नयाँ दिशा र आयाम दिनुभयो, यहि कारण उहाँको यो योगदानको कदर गर्दै प्रदेश सरकारले झण्डा झुकाउने निर्णय गरेको हो ।’ सिरहाको पतारी गाउँपालिका वडा नम्बर २ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]