२८ बैशाख २०८२, सोमबार
12-05-2025 , Mon
×

सिरहाको औरहीमा अध्यक्ष शिवजी यादवले नै कर्मचारी उक्साएर अधिकृत झाविरुद्ध गराए आन्दोलन

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन १९, २०८१

सिरहा,१९ साउन । सिरहाको औरही गाउँपालिका‌का अध्यक्ष शिवजी यादवकै उक्साहटमा कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाविरुद्ध आन्दोलन थालेका छन् ।

गाउँपालिकाका कर्मचारीहरुले आज पालिका अगाडी प्रदर्शन गरेका हुन् । उनीहरु अध्यक्ष यादवलाई ज्ञापन-पत्र बुझाउँदै अधिकृत झाको सरुवा गर्न माग गरेका छन् ।

अधिकृत झाले मनपरी ढंगले कर्मचारीलाई चलाएको, सुत्केरी विदा लिएका कर्मचारीको हाजिरी काटेको र कर्मचारीको दुर्व्यवहार गर्ने गरेको भन्दै कर्मचारीहरुले उनको सरुवाको माग गरेका छन् ।

स्रोतका अनुसार गत आर्थिक वर्षको विकास निर्माणको भुक्तानी गर्न उठेको कमिशन बाँडफाँडमा अधिकृत झा र गाउँपालिका अध्यक्ष यादवबीच विवाद भएको थियो ।

विवादकै कारण अधिकृत झा पालिका अध्यक्ष यादवलाई अहिले टेर्ने गरेका छैनन् । सोही कारण अधिकृत झालाई हटाउन सहज होस् भनेर अधिकृत झाविरुद्ध कर्मचारीबाट आन्दोलन गर्न लगाएका छन् ।

आर्थिक मसान्तको अन्तिम देखि नै पालिका अध्यक्ष , प्रशासकीय अधिकृत बीच खटपट भए पनि चलाकी पुर्ण तरिकाले अधिकृत झालाई फकाएर सबै कागजातमा हस्ताक्षर गराएर अन्त्यमा उनी विरुद्ध नै आन्दोलन गराएका हुन्।

गाउँपालिका अध्यक्ष यादवले काठमाडौंमा लामो समय बसेर अधिकृत झालाई ल्याएका थिए । अहिले उही अधिकृत झा घाँडो बनेपछि पालिका अध्यक्ष यादव तनावमा छन् । स्रोतका अनुसार भोली बस्ने कार्यपालिका बैठकले नयाँ अधिकृत ल्याउने पहल गर्ने निर्णय गर्ने बुझिएको छ ‌।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]