१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

औरही : भ्रष्टाचार र अनियमितता गरेको भन्दै आफ्नै पार्टीद्वारा अध्यक्ष यादव विरुद्ध छानबिन समिति गठन

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २०, २०८१

सिरहा ,२० साउन। सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव विरुद्ध छानबिन समिति गठन भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित अध्यक्ष यादव विरुद्ध आफ्नै पार्टीले भ्रष्टाचार,अनियमितता र मनपरि गरेको भन्दै पालिका स्तरमा ७ सदस्य छनबिन समिति गठन गरेका छन्।

निर्वाचित भएदेखि एकलौटी र मनपरि गरेको , पालिकामा भ्रष्टाचार मौलाएको , खुलमखुला कमिसनको लेनदेन भैरहेको , कर्मचारीहरु संग विभेद गर्ने गरेको लगायतका बिषयमा छानबिन गरि पन्ध्र दिन भित्र प्रतिबेदन बुझाउन समितिलाई समय सिमा दिएको छ। छनबिन समितिको प्रतिबेदन पस्चात आवश्यक कार्वाही गर्ने समितिको तयारी छ।

जसपा नेता एबम औरही गाउँपालिका वडा न.३ का वडा सदस्य मोहित नारायण यादवको नेतृत्वमा गठित समितिले छनबिन शुरु गरेका छन् । गाउँपालिका अध्यक्ष शिवजी यादव आफै पार्टीको गाउँपालिका कमिटीको अध्यक्ष पनि हुन।

पार्टीले छानबिन शुरु गरेपछि अध्यक्ष यादव आफु चोखो देखाउन र सबै घटनाको कारण प्रमुख प्रशासकीय अधिकृत उपर थुपार्न केही कर्मचारीगरुलाई प्रयोग गरेर आन्दोलनको नाटक मञ्चन गरिरहेका छन्। जसमा केही कर्मचारीहरु पनि मतियारको रुपमा प्रयोग भैरहेको छ।

कर्मचारीको जिम्मेवारी हेरफेर देखि अन्य सबै क्रियाकलाप अध्यक्ष यादवकै इसारा र निर्देशन भएको स्रोतको दावि छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]