२८ बैशाख २०८२, सोमबार
12-05-2025 , Mon
×

औरही : भ्रष्टाचार र अनियमितता गरेको भन्दै आफ्नै पार्टीद्वारा अध्यक्ष यादव विरुद्ध छानबिन समिति गठन

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २०, २०८१

सिरहा ,२० साउन। सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव विरुद्ध छानबिन समिति गठन भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित अध्यक्ष यादव विरुद्ध आफ्नै पार्टीले भ्रष्टाचार,अनियमितता र मनपरि गरेको भन्दै पालिका स्तरमा ७ सदस्य छनबिन समिति गठन गरेका छन्।

निर्वाचित भएदेखि एकलौटी र मनपरि गरेको , पालिकामा भ्रष्टाचार मौलाएको , खुलमखुला कमिसनको लेनदेन भैरहेको , कर्मचारीहरु संग विभेद गर्ने गरेको लगायतका बिषयमा छानबिन गरि पन्ध्र दिन भित्र प्रतिबेदन बुझाउन समितिलाई समय सिमा दिएको छ। छनबिन समितिको प्रतिबेदन पस्चात आवश्यक कार्वाही गर्ने समितिको तयारी छ।

जसपा नेता एबम औरही गाउँपालिका वडा न.३ का वडा सदस्य मोहित नारायण यादवको नेतृत्वमा गठित समितिले छनबिन शुरु गरेका छन् । गाउँपालिका अध्यक्ष शिवजी यादव आफै पार्टीको गाउँपालिका कमिटीको अध्यक्ष पनि हुन।

पार्टीले छानबिन शुरु गरेपछि अध्यक्ष यादव आफु चोखो देखाउन र सबै घटनाको कारण प्रमुख प्रशासकीय अधिकृत उपर थुपार्न केही कर्मचारीगरुलाई प्रयोग गरेर आन्दोलनको नाटक मञ्चन गरिरहेका छन्। जसमा केही कर्मचारीहरु पनि मतियारको रुपमा प्रयोग भैरहेको छ।

कर्मचारीको जिम्मेवारी हेरफेर देखि अन्य सबै क्रियाकलाप अध्यक्ष यादवकै इसारा र निर्देशन भएको स्रोतको दावि छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]