१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

मुख्यमन्त्री सिंहले हाने कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन २३, २०८१

जनकपुरधाम,२४ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के जाँच निरीक्षण गरेका हुन् । कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्ने जस्ता धेरै गुनासो आएकाले छड्के जाँच निरीक्षण गरेको मुख्यमन्त्री सिंहले बताए ।

आर्थिक वर्ष समाप्त भई नयाँ आर्थिक वर्षको साउन र भदौ महिनामा कर्मचारीहरू कार्यालयमा नभेट्ने परिपाटी नै बनिसकेकाले छड्के जाँच सुरु गरेपछि अहिले कार्यालय कर्मचारीहरू भेट्न थालेको उनले दाबी गरे ।

उनले भने, ‘‘छड्केको क्रममा कार्यालयको निर्धारित समयमा कर्मचारी नआउने, आए पनि हाजिरी नगरी बाहिर हिड्डुल गर्ने र छडकेमा परेपछि कार्यालयमै रहेको तर हाजिरी गर्न बिर्सेको बहानाबाजी गर्ने जस्तो पवृति भेटिएको छ ।’’

कर्मचारीहरू कार्यालयमा हाजिरी भइसकेपछि बाहिर जानुपर्दा कामको जानकारी गराई आदेश लिएर मात्र जानुपर्ने उनले निर्देशन दिँदै भने, ‘‘यदि कर्मचारी बिदामा बसेका छन् भने बिदा स्वीकृत गराएर मात्र बिदा बस्नु पर्छ ।’’

कर्मचारीको जुन काम कर्तव्य, जिम्मेवारी छ, त्यसअनुसार सेवाग्राहीको छिटोछरितो काम कारबाही गराउन, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन छड्के जाँच गरिएको मुख्यमन्त्री सिंहले छड्के जाँचको क्रममा बताए । यस्तो अनुगमनलाई निरन्तरता दिने उनले जानकारी दिए।

यसअघि साउन ६ गते आइतबार मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका ११ वटा मन्त्रालयहरूमा छड्के निरीक्षण गरेको थियो । अर्थ, गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा सिँचाइ तथा खानेपानी, शिक्षा तथा संस्कृति, उद्योग, वाणिज्य तथा पर्यटन, श्रम तथा यातायात र खेलकुद तथा समाज कल्याण मन्त्रालयमा छड्के जाँच गरेका थियो ।

त्यसबेला पनि अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही देखिएको थियो । खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता समस्या भेटिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]