१८ बैशाख २०८२, शुक्रबार
02-05-2025 , Fri
×

आर्थिक चलखेल गर्न महोत्तरीबाट काज सरुवा गरी औरहीमा योजना र जिन्सी शाखा प्रमुखको जिम्मेवारी

महोत्तरीको पिपरा गाउँपालिकामा कम्प्युटर अपरेटरको रुपा कार्यरत राम पुजन यादवलाई आर्थिक चलखेल गर्न काज सरुवा गरी सिरहाको औरही गाउँपालिकामा ल्याएर स्थानीय तहको मुटु मानिने योजना र जिन्सी जस्तो महत्त्वपूर्ण शाखा प्रमुखको जिम्मेवारी तोकिएको छ।
Logo
न्युज मधेश प्रकाशित शुक्रबार, साउन २४, २०८१

सिरहा : सिरहाको औरही गाउँपालिकामा आर्थिक चलखेल गर्न एक कर्मचारी लाई महोत्तरी बाट काज सरुवा गरि औरही ल्याइएको छ। महोत्तरीको पिपरा गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर  राम पुजन यादवलाई गाउँपालिका अध्यक्ष शिवजी यादव , प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झा र लेखा प्रमुखको मिलोमतोमा चलखेल गर्न काज सरुवा गरि सिरहाको औरही गाउँपालिकामा ल्याइएको छ।

काज सरुवामा औरही ल्याएका उनै कर्मचारी लाई भन्ने गाउँपालिकाको मुटु मानिने योजना र जिन्सी जस्तो महत्वपूर्ण दुई शाखा प्रमुखको जिम्मेवारी दिएको छ।महोत्तरीको पिपरा गाउँपालिकामा कम्प्युटर अपरेटर जस्तो समान्य जिम्मेवारीमा रहेका राम पुजन यादव लाई सिरहाको औरही काज सरुवा आएकै दिन यी दुई महत्वपूर्ण शाखाको जिम्मेवारी दिनुको पछाडी निकै महत्त्वपूर्ण रहस्य लुकेको छ।

स्रोतका अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा गाउँपालिका अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत र लेखापालले खरिद नै नगेका केही बिल ल्याएर जिन्सी शाखामा दाखिला गरी भुक्तानी लिन खोजे। तर तत्कालीन जिन्सी शाखाको जिम्मेवारीमा रहेका कर्मचारीले आफु त्यसरी दाखिला नगर्ने अडान लिए। दाखिला नभए पछि भुक्तानी हुन सकेन।

आर्थिक वर्ष अन्त्य हुनै लागेको बेला पालिका अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुख बिच भुक्तानीकै बिषयमा मनमुटाव शुरु भयो। आर्थिक वर्षको अन्तिम दिन अर्थात असार २४ गते प्रमुख प्रशासकीय अधिकृतको अनुमति बेगर अध्यक्ष शिवजी यादवको दवाब र प्रभावमा लेखापालले अनाधिकृत रुपमा चेकहरु काटेको अधिकृत झाले त्यहि बेला टुडेखोज संगको सम्बादमा बोलेको पनि थियो। जुन फाइलमा प्रमुख प्रशासकीय अधिकृतको अनुमति र हस्ताक्षर आवश्यक थियो। त्यसमा पनि अनुमति र प्रमाणित बेगर चेक काटेका थिए ।

त्यसरी अनाधिकृत रुपमा काटिएको चेकको फाइलमा अधिकृत झाले हस्ताक्षर गर्न मानेनन् । पछि अध्यक्ष यादव , अधिकृत झा र लेखापाल बीच बार्गेनिङ शुरु भयो। बार्गेनिङमा अधिकृत झा संग गापा अध्यक्ष यादव , अधिकृत झा र लेखापाल तीनै जनाको बिलको भुक्तानी गर्ने सहमति भयो। त्यही बिषय मिलाउन योजना र जिन्सी शाखामा आफ्नो मान्छे राख्न यो प्रपञ्च रचिएको छ।

आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन नसके १८ नम्बर भर्नु पर्छ। जसका लागी योजना शाखा र जिन्सी शाखा दुबैको सिफारिस चाहिन्छ। शाखमा कार्यरत कर्मचारीहरु त्यसरी नगरिदिए अध्यक्ष यादव , अधिकृत झा र लेखापालले त्यो अनियमित र अनाधिकृत  बिलको भुक्तानी नहुने , भुक्तानी नभए अधिकृत झाले चेक काटिएको फाइलमा हस्ताक्षर नगर्ने , हस्ताक्षर नहुदा लेखापाल फस्ने हुँदा यी त्यसरी काज सरुवा गरि कर्मचारी ल्याएर आवश्यक शाखाको जिम्मेवारी सुम्पिएको छ।

आज सम्म औरही गाउँपालिकाको कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रममा नदेखिएका लेखापाल भने आफुमाथि कार्वाहीबाट बाच्न शाखा प्रमुखको जिम्मेवारी हस्तान्तरण भैरहेको मन्चमा सहभागी भएको देखिन्छ। प्रशासन शाखमा कार्यरत जर्वन यादवलाई औरही अस्पतालमा पठाएर अस्पताल बाट हेल्थ असिस्टेन्ट सन्तोष यादवलाई प्रशासन शाखा प्रमुखको जिम्मेवारी दिएको छ भने कृषि शाखा प्रमुख राजदेब यादवलाई हटाएर करार कर्मचारी रन्जित कुमार यादवलाई जिम्मा दिएको छ। त्यसतै योजना शाखाको प्रमुख ई.दिपेन्द्र कुमार यादव र जिन्सी शाखा प्रमुख प्रताप यादव लाई हटाएर काज सरुवा भइ आएका रामपुजन यादवलाई दुबै शाखा प्रमुखको जिम्मा दिएको छ।

झन रहस्यको कुरा त के छ भने योजना र जिन्सी शाखा प्रमुखको जिम्मा पाएका रामपुजन यादव कार्यरत महोत्तरीको पिपरा गाउँपालिकामा अधिकृत सर्वजित झा यस अधि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन्। उनी पिपरा गाउँपालिका उपाध्यक्ष बन्दना पाण्डे र अधिकृत झा निकट मानिन्छ। त्यसैले पनि त्यहाबाट सहजै काज सरुवा गरिदिएको छ।

अधिकृत झा निकट ती कर्मचारी अध्यक्ष शिवजी यादव , लेखापाल र अधिकृत झा तीनै जनाको मिलोमतोमा आएका थिए। जिम्मेवारी पनि मिलोमतोमै हस्तान्तरण गरे। पछि आफ्नै सहयोगी जनप्रतिनिधि र कर्मचारीहरु रुष्ट भए पछि अधिकृत झाको दोस देखाएर आफु पन्छिन खोजिदैछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]