१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सिरहाको औरहीमा युवा जनमत संघले रक्तदान कार्यक्रम गरी मनाए अन्तर्राष्ट्रिय युवा दिवस

२ महिला र २५ पुरुष गरि २७ जनाले गरे रक्तदान
Logo
न्युज मधेश प्रकाशित सोमबार, साउन २७, २०८१

सिरहा: सिरहाको औरही गाउँपालिकामा युवा जनमत संघले रक्तदान कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ। औरही गाउँपालिका वडा न.५ स्थित हनुमान चौकमा आयोजित  रक्तदान कार्यक्रममा २ महिला र २५ पुरुष गरी जम्मा २७ जनाले रक्तदान गरेको छ।

रगतको आवश्यकता सबैलाई पर्छ। तर रगत दान गर्न मान्छे अहिलेपनि हिचकिचाइरहेको अवस्था छ। रक्तदान सम्बन्धी जनचेतना अभावका कारण पनि मान्छे रक्तदान गर्न डराउने गरेको सिरहा क्याम्पसका स्वबियु सभापति दिपेन्द्र कुमार यादब बताउछन्। अहिलेको बैज्ञानिक युगमा पनि रगत कुनै फयाकट्रीमा उत्पादन भैरहेको छैन , हुने पनि होइन । यो मानव शरिरमा नै उत्पादन हुने हो। त्यसैले रक्तदान बारे जनचेतना अभियानको आवस्यकता रहेको देखिन्छ।

अहिलेको बदलिँदो समयमा स्वास्थ्य जटिलता , दुर्घटना लगायतका घटना बढ्दै गएको छ। बिना अप्रेसन डिलेभरी नहुने , समान्य अप्रेसन गर्दा पनि रगतक आवश्यकता गर्ने र दिनहु हुने सवारी दुर्घटनामा रगतको आवश्यकता हुने हुदा रगतको चरम अभाव खेप्नु परेको छ। त्यसैले यस्ता रक्तदान कार्यक्रम समय समयमा सचेत नागरिक समाज , युवा , विद्यार्थी , राजनीति दल , विभिन्न संगठनहरुले गर्न आवश्यक रहेको छ।

जनमत पार्टीको भातृ संगठन युवा जनमत संघले ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ नारा सहित मनाइएको कार्यक्रममा स्थानीय युवा , बुद्धिजीवी ,राजनीतिकर्मी ,  समाजसेवी , कर्मचारी लगायतले रक्तदान गरेका थिए। जनमत समर्थित युवाहरुले समय समयमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]