२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

धनुषा क्षेत्र नं२ को दुर्गापूजा स्थलहरु अवलोकन गर्दै प्रमुख सचेतक अरगरिया

Logo
प्रकाशित सोमबार, आश्विन २०, २०७६

जनकपुरधाम। समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा रहेका दुर्गा मन्दिरमा पुजापाठ र दर्शन गर्नमा व्यस्त देखिएको छ।

सोमबार  धनुषाको औरहीमा रहेको दुर्गा मन्दिर लगाइतका शक्ति पिठहरुमा पुजापाठ गर्दै घर घर मा पुगेर दशैंको शुभकामना दिएका हुन।

त्यसैगरी धार्मिक कार्यक्रमलाई निरन्तरता दिदै उहाँ संगै समाजवादी पार्टीका केन्द्रिय सदस्य अरुन सिंह मण्डल ,पार्टी कमला नगरपालिकाको अध्यक्ष मनिक लाल मण्डल , समाजवादी पार्टीका भातृ संगठन मुसलिम संघ प्रदेश नं.२का सचीव हविब मन्सुरी ,समाजवादी पार्टी औरही नगरपालिकाका अध्यक्ष कमलदेव मण्डल ,ओरही नगरपालिका ५ का समाजवादि पार्टी अध्यक्ष संतोष कर्ण, नेता युवा तथा समाजसेवी सरोज मण्डल ,प्रमुद अधिकारी ,उमेश यादव लगाइतका नेताहरु औरहि,कमला नगरपालिका अन्तरगत लगमा,सघारा,सखुवामडान,सिनिग्याही,हटलेटवा,दुबैरकोठ ,जागिरटोल लगायतका स्थानमा माता दुर्गाको मंदिरमा पुजा पाठ गर्नुभएको छ ।

त्यसैगरी आइतबार धनुषाको विदेह नगरपालिकाको दुहवीमा रहेको दुर्गा मन्दिर निर्माण गर्नको लागी नेता अरगरियाले आफ्नो संसदीय कोष बाट ५० लाख दिने घोषण गरेका हुन।

दशैँका बेला आफ्ना क्षेत्रका नागरिक स्ंग भेटगरी शुभकामना आदान प्रदान गर्नुका साथै मंदिरहरुमा आफै पुगेर पुजापाठ गरेका छन।

यहाँ फोटोहरु राखिएको छ :

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]