१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

प्रविधिमैत्री सरकारको अवधारणमा अघि बढ्दै मुख्यमन्त्री सिंह

दुरसंचारका निर्देशकसँग गरे छलफल
Logo
न्यूजमधेश प्रकाशित मंगलबार, साउन २८, २०८१

जनकपुरधाम ,२९ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल दुरसंचार प्राधिकरणको सेवा प्रभावकारी बनाउन नेपाल दुरसंचार प्राधिकरणका प्रतिनिधिहरुसँग छलफल गरेको छ । उनले नेपाल दरसंचार प्राधिकरण, प्रादेशिक निर्देशनालय वीरगञ्जका निर्देशक नामाकर न्यौपानेसहितका प्रतिनिधिहरुसँग सो विषयमा मंगलबार छलफल गरेको हो ।

मुख्यमन्त्री सिंहले विशेष गरी वन क्षेत्रमा सर्वसाधारणले भोगिरहेको नेटवर्कको समस्यालाई निराकरण गर्न प्राधिकरणलाई आग्रह गरेको छ । उनले प्राधिकरणका प्रनितिधिहरुलाई छलफलको क्रममा नेपालको एकमात्र सरकारी दुरसंचार कम्पनी नेपाल दुरसंचार प्राधिकरणको सेवा राम्रो र स्तरीय बनाउन पनि सुझाव दिए ।

मुख्यमन्त्री सिंहले खासगरी मधेश प्रदेश महोत्तरी जिल्लादेखि पर्सासम्मको महेन्द्र राजमार्गमा पर्ने जंगल क्षेत्रमा नेटवर्कको निकै समस्या रहेको हुँदा सो समस्यालाई समाधान गर्न सुझाए । मुख्यमन्त्री सिंहले उनीहरुलाई भने, जंगलको सो क्षेत्रमा नेटवर्क नहुँदा दैनिक जसो सयौं आम सर्वसाधारणलाई समस्या हुने गरेको छ । त्यसैले सो समस्या सक्दो चाँडो अन्त्य गर्न उनले आग्रह गरे । त्यस क्षेत्रमा दुर्घटना हुँदा, गाडी बिग्रिदा वा यात्राको क्रममा कुनै आकस्मिक समस्या पर्दा सर्वसाधारणहरुलाई नेटवर्क नहुँदा ठुलो समस्या हुने गरेको छ ।

मुख्यमन्त्री सिंहले प्रदेशको सबै जिल्ला, नगरपालिका र गाउँपालिकाहरुमा ईन्टरनेटको सेवा सुविधाहरु तुस्तदुरुस्त बनाउन पनि प्राधिकरणका प्रतिनिधिहरुलाई आग्रह गरे । सूचना प्रविधिमै स्नाकोत्तर गरेका मुख्यमन्त्री सिंहले अहिले जनताको सेवा सुविधाहरुलाई प्रविधिमैत्री बनाउन सक्रिय भएका छन् ।

प्रविधिमैत्री सरकारको धारणा बनाएका उनले प्रदेशको सार्वजनिक सेवा प्रभावकारी, उत्तरदायी, पारदर्शी र तथ्यपरक बनाउन लागि परेका छन् । प्रदेशवासीको घर घरमा ईन्टरनेट र सहज नेटवर्कको सुविधा पुगे मात्रै सरकारको प्रविधिमैत्री योजनाहरु सफल हुने हुँदा उनी अहिले चौतर्फी रुपमा सम्बन्धित निकायहरुसँग सेवा विस्तारको लागि समन्वय गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]