०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

बन्धक बनाइएका नेपालीको उद्धारमा सरकार सक्रिय

Logo
न्यूजमधेश प्रकाशित बुधबार, साउन २९, २०८१

काठमाडौँ, ३० साउन । भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पु¥याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जबर्जस्ती काममा लगाई बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको हो ।

पछिल्लो समयमा बन्धक बनाइएका धनुषा जिल्लाका सात पुरुष र सिरहाका २१ पुरुष (२४ देखि ६० वर्ष उमेरका) का सम्बन्धमा भारतीय गैरसरकारी संस्था ‘किन इन्डिया’मार्फत जानकारी हुन आएको मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा ‘किन इन्डिया’को प्राविधिक सहयोग र सहकार्यमा पीडितको उद्धार गरी जनकपुर ल्याइएको छ ।

मानव बेचबिखनबाट पीडित र प्रभावितको उद्धार गरी संरक्षण कार्यलाई सदैव उच्च प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ । यो घटनाको संवेदनशीतालाई दृष्टिगत गरी धनुषा ल्याइएका २८ जनालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको उपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत उनीहरुको परिवारसँग पुनर्मिलन गराइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]