०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मधेशका मुख्यमन्त्री सिंहद्वारा ‘हाम्रो मायाघर’ भवनको शिलान्यास

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन २९, २०८१

जनकपुरधाम ,३० साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सडक मानव तथा अभिभावकविहीन अनाथ बालबालिकाका लागि महोत्तरीको बर्दिबास–२ बुद्धचोकमा ‘हाम्रो मायाघर’ भवनको शिलान्यास गर्नुभएको छ।

‘हाम्रो मायाघर’ संस्थाको अग्रसरतामा बन्ने आश्रयस्थलको आज मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गर्नुभएसँगै निर्माण कार्य सुरु भएको हो । निर्माण थालिएको आश्रयस्थललाई ‘हाम्रो मायाघर’ नाउँ दिइएको छ ।

आश्रयस्थल निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले यही साउन २१ गतेदेखि २९ गतेसम्म आयोजित शिवपुराण महायज्ञबाट दुई करोड ४० हजार १८६ रुपैयाँ प्राप्त भएपछि निर्माण कार्य थालिएको हो । हाम्रो मायाघर निर्माणका लागि महायज्ञबाट प्राप्त रकमबाट काम थालिएसँगै सहयोग थपिनेक्रम जारी रहेको हाम्रो मायाघर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले बताउनुभयो । हाम्रो मायाघर निर्माणका लागि सहयोगार्थ आयोजित महायज्ञमा प्रसिद्ध पुराणवाचिका राधिका दासी नेतृत्वको पण्डित टोलीले कर्मकाण्ड, पाठपारायण र कथावाचन गरेको थियो ।

अब निर्माणकार्य गतिमा अघि बढ्ने हाम्रो मायाघर बर्दिबास समितिको दृढता छ । “हाम्रो मायाघर निर्माणमा लाग्ने ७१ हजार इँटा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीबाट प्राप्त हुने भएको छ, अन्य सहयोग पनि जुट्दैछन्”, गौतमले भन्नुभयो, “सहयोगका प्रतिबद्धता थपिदै गएपछि निर्माण कार्य थालेका हौँ, अब यो गतिमा अघि बढ्छ ।”

बर्दिबास–२ मा दाताहरूबाट प्राप्त पाँच कट्ठा १० धुर जग्गामा यसअघि नै पक्की पर्खालको घेराबेरा लागेको छ । निर्माण थालिएको हाम्रो मायाघरमा १० करोड ६९ लाख ४५ हजार चार सय ७७ लागत लाग्ने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ । बर्दिबास–२ मा हाम्रो मायाघर निर्माणका लागि दाताहरूबाट पाँच कट्ठा १० धुर जग्गा प्राप्त भई सोको पक्की पर्खालको घेराबेरा यसअघि नै भइसकेको छ ।

भवन निर्माणका लागि १० करोड ६९ लाख ४५ हजार चार सय ७७ को लागत लाग्ने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ । प्रस्तावअनुसार बालबालिका र अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी अत्याधुनिक हाम्रो मायाघरका दुई वटा भवन बन्नेछन् । खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितका दुई भवनमध्ये एउटा दुईतले र अर्को चारतलेमा गरी १२ कोठा हुनेछन् । जसमा आवास, भोजनालय, सभा भवन, कृडाकक्ष र अध्ययनकक्ष छन् । जम्मा दुई सय सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्धसमेत गरिने हाम्रो मायाघर बर्दिबास समितिले जनाएको छ ।

शिलान्यास समारोहमा मुख्यमन्त्री सिंहले हाम्रो मायाघर निर्माणमा प्रदेश सरकारको साथसहयोग रहने प्रतिबद्धता जनाउनुभयो । “सडक मानव र अभिभावकविहीन अनाथ बालबालिकाको व्यवस्थापनका लागि थालिएको पूण्य कार्यमा प्रदेश सरकार तपाईंहरूको साथ छ”, मुख्यमन्त्री सिंहले भन्नुभयो । यसअघि प्रदेश सरकारकै भौतिक पूर्वाधारमन्त्री सरोज यादव र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँले हाम्रो मायाघर निर्माणमा सहयोगको प्रतिबद्धता जनाइसक्नुभएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

शिलान्यास समारोहमा मधेस प्रदेशसभा सदस्य शारदा थापा तथा बर्दिबासका नगरप्रमुख प्रह्लादकुमार क्षत्रीले हाम्रो मायाघर निर्माण कार्य अब निर्बिघ्न अघि बढ्ने बताउनुभयो । यसमा जेजस्तो भूमिका आइपर्छ त्यसका लागि आफुहरु तत्पर रहेको दुवै जनाको प्रतिबद्धता व्यक्त भएको छ ।

भवन पाँच वर्षभित्रै सञ्चालनमा आइसक्ने हाम्रो मायाघर बर्दिबास समितिले जनाएको छ । भवन तयार भएर सञ्चालन हुनअघि पनि अनाथ बालबालिका र सडक मानवको अभिभावकत्व भने समितिले लिइरहने र त्यस समयसम्मका लागि इटहरीस्थित माया घरमा व्यवस्थापन गरिने हाम्रो माया घर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले स्पष्ट पार्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]