२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

सर्लाहीमा खेतीयोग्य जमिन मासिदै

Logo
न्यूजमधेश प्रकाशित बुधबार, साउन २९, २०८१

सर्लाही, ३० साउन । सर्लाहीमा बर्सेनि खेतीयोग्य जमिन मासिदै गएको छ । यहाँ विगत १० वर्षमा एघार हजार चार सय ६ दशमलव ७ हेक्टर खेतीयोग्य जमिन मासिएको छ । जिल्लामा लगातार खेतीयोग्य भूभाग मासिने क्रम बढ्दो रहेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्कले देखाएको हो ।

दश वर्ष अगि २०६८ मा भएको जनगणना तथ्याङ्क अनुसार जिल्लाको कूल भूभाग एक लाख २५ हजार नौ सय हेक्टरमध्ये ८४ हजार ६ सय ७८ हेक्टर खेतीयोग्य जमिन रहेको थियो । त्यही खेतीयोग्य जमिन घटेर अहिले ७३ हजार दुई सय ७१ दशमलव तीन हेक्टर क्षेत्रफलमा खुम्चिएको हो ।

अव्यवस्थित तवरले भइरहेको पूर्वाधार निर्माणको प्रत्यक्ष असर जिल्लाको खेतीयोग्य जमिनमा परेको जिल्ला कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख देवानन्द राय यादवले बताउनुभयो ।

खेतीयोग्य जमिन अतिक्रमणमा पर्दै जाँदा जिल्लाको कृषि उत्पादनको अवस्थासमेत खस्कँदै गएको छ । सङ्घीयता कार्यान्वयनपछि थप तीव्र गतिमा खेतीयोग्य जमिन मासिने क्रम बढेको छ । ‘‘केही वर्ष पहिलासम्म धान फल्ने खेतमा अहिले पक्की भवन बनेका छन्”, उहाँले भन्नुभयो । हरियो खेतका फाँटमा अहिले घरैघर छन् ।

अव्यवस्थित रुपमा भएका विकासको असर चौतर्फी परेको छ । खेतमा अन्धाधुन्द व्यापारिक भवन निर्माण गर्ने क्रम रोकिएको छैन । केही दशक अघि अन्न उब्जाउने खेत अब बाँकी नरहने प्रमुख यादवले बताउनुभयो ।

जनसङ्ख्याको आधारमा नयाँ घर बन्नु, सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुने प्रक्रिया भए पनि कृषियोग्य जग्गालाई प्लटिङ गर्ने, खेत–खेतमा चौडा सडक पु¥याउने लगायतको गतिविधिका कारण अनियमित किसिमले खेतीयोग्य जमिन नष्ट हुँदै गएको रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवले स्वीकार गर्नुभयो । ‘‘यसको नियन्त्रण आवश्यक छ ।’’ उहाँले भन्नुभयो ।

तराईको समथर फाँट जताततै सडक, पानी, बिजुली लगायतको सुविधिका कारण बसाइसराइँ बढेका कारणसमेत जिल्लाको खेतीयोग्य जमिन घट्दै गएको विभिन्न तथ्याङ्कहरुले देखाएको छ ।

‘‘पहाडी भू–भागबाट तराई बसाइ झर्नेको केही पहिलासम्म ताँती नै हुन्थ्यो ।’’ सर्लाहीको बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भीर सिङ पाख्रिनले भन्नुभयो, ‘‘अहिले केही कम भएको छ । तर, असर त्यसको पनि परेको छ ।’’ सङ्घ, प्रदेश तथा स्थानीय तहले समेत भौतिक संरचना निर्माण, सडक लगायतका विकास गर्दा खेतीयोग्य उर्वर भूभागको संरक्षणमा विषेश ध्यान दिनुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]