२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

मुख्यमन्त्री सिँह र स्विस नियोगका अधिकारीबीच भेट

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ३०, २०८१

जनकपुरधाम ,३१ साउन। विकास तथा सहयोगका लागि स्विस नियोग(एसडिसी) नेपालले मधेश प्रदेश सरकारका विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा सहमति जनाएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिँहसँगको भेटमा नियोगका अधिकारीहरूले प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्त्वका योजना कार्यान्वयनमा साझेदारी गर्न सकिने र प्रदेशमा सञ्चालन भइरहेका नियोगका कार्यक्रमलाई थप विस्तारित एवम् प्रभावकारी बनाइने बताएका छन् ।

नियोगका डेपुटी चिफ अफ मिसन म्याथियास मेयरलगायतका अधिकारीसँगको भेटमा मुख्यमन्त्री सिँहले मधेशमा सिँचाइलगायत बहुआयामिक परियोजना विकास तथा विस्तारका लागि नदी जोड्ने तथा नहर निर्माण योजना कार्यान्वयन, मधेश विश्वविद्यालयमा सङ्घीयता विषयमा विशद् अध्य्यनअध्यापन गराउन, वैदेशिक रोजगारबाट फर्केकाहरूलाई दक्षता अभिवृद्धि तथा उद्यम सञ्चालन, प्रदेशमा पूर्ण साक्षरता, सूचना प्रविधिको विकास तथा व्यावसायीकीकरण आदिका क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।

उनले आँप र केरालगायत खेतीको प्रवद्र्धन तथा सहउत्पादनका लागि प्रविधि हस्तान्तरण तथा उपयोगका लागि समेत नियोगका अधिकारीहरूको ध्यानाकृष्ट गराए ।
नियोगका डेपुटी चिफ अफ मिसन मेयरले एसडिसीमार्फत स्विट्जरल्यान्डले नेपाललाई सङ्घीय लोकतान्त्रिक राज्यका रूपमा विकसित गर्न, समतामूलक सामाजिक तथा आर्थिक विकास प्रवद्र्धन गर्न र नयाँ सङ्घीय संरचनामा महिला तथा पुरुषलाई उनीहरूको अधिकार र जिम्मेवारी प्रयोग गर्न सक्षम बनाउन सहयोग गरिरहेको बताए ।

उनले संघीय राज्य विकास, रोजगारी र आय प्रवद्र्धनसँगै नेपाली आप्रवासी कामदारको सुरक्षामा योगदान पुर्याउने, लैंगिक समानता र सामाजिक समावेशीकरण, प्रकोप जोखिम न्यूनीकरण आदिका क्षेत्रमा नियोग प्रदेश सरकारसँग काम गर्न उत्सुक रहेको उल्लेख गरे ।

मेयरले नियोगका कार्यक्रमलाई तुलनात्मक रूपमा थप सुदृढ र प्रभावकारी बनाइने उल्लेख गरे ।

उनले प्रदेश सरकारले पूर्वाधार विकसित गरे सूचना प्रविधि क्षेत्र विकासका लागि बहुराष्ट्रिय कम्पनीसँग जोड्न एसडिसीले सहयोग गर्ने बताए ।

मुख्यमन्त्रीसँगको भेटमा नियोगका प्रशासन तथा अर्थ विज्ञ मार्क वर्ली पनि सहभागी रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]