१६ बैशाख २०८२, बुधबार
30-04-2025 , Wed
×

मुख्यमन्त्री सिँहद्वारा प्रदेश वन निर्देशनालयको भवन उद्घाटन

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, साउन ३०, २०८१

जनकपुरधाम, ३१ साउन । मधेश प्रदेश वन निर्देशनालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज एक समारोहबीच जनकपुरधाम उपमहानगरपालिका–४ स्थित उक्त भवनको उद्घाटन गरेका हुन् ।

करिब दुई कठ्ठा जमिनमा निमार्ण सम्पन्न भएको सो कार्यालय भवन तीन तलाको रहेको छ ।

तीन तले सो भवनमा एक सभाहलसहित २१ कोठा रहेका छन् । रामजानकी निर्माण सेवा जनकपुरधामले रु पाँच करोड चार लाख १९ हजारको लागतमा भवन निर्माण गरेको निर्देशनालयका प्रमुख जगन्नाथप्रसाद जयसवालले जानकारी दिनुभयो । भवन निर्माण गर्ने क्रममा तीन पटक म्याद थप गरिएको थियो ।

सो अवसरमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशअन्तर्गत वनक्षेत्रको विकास एवम् संरक्षण गर्न मधेश प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रम कार्यावन्यन गर्न तथा गराउन सबैलाई आग्रह गरे ।

यस्तै उद्घाटन कार्यक्रममा प्रदेश वन तथा वातावरण मन्त्री त्रिभुवन साहको विशिष्ट अतिथि रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]