०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

सरकारी स्वामित्वका प्रयोगविहीन भवनको अनुगमन गर्‍यो मधेश सरकार

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, साउन ३०, २०८१

जनकपुरधाम,३१ साउन।मधेश प्रदेश सरकारले प्रयोगविहीन सरकारी भवनहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

बिहीबार मुख्यमन्त्री सतिश कुमार सिंहसहित मन्त्रीहरूले मिथिला नगरपालिकाको नकटाझिज रहेको कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवनको अनुगमन गरेको हो ।

संघीय सरकारको मातहतमा रहेका नकटाझिजस्थितका प्रयोगविहीन तथा जीर्ण भवनहरूको प्रदेश सरकारले वस्तुस्थिति बुझ्ने काम गरिएको मुख्यमन्त्री सिंहले बताए ।

उनका अनुसार प्रदेश सरकारमा चारवटा मन्त्रालयहरू ‘रेड जोन’ मा छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राहीको चाँप अनुसार पर्याप्त ठाउँ नभएकोले यी दुई ठाउँको विकल्पका लागि प्रयोगविहीन सरकारी संरचनाको अवलोकन गरिएको उनले बताए ।

त्यसैगरी,जनकपुरधामको मुजेलियास्थित रहेको प्रदेश जनस्वास्थ्य कार्यलय,प्रदेश रक्त संचार सेवा र रामानन्द चौकस्थित बागवानीमा प्रदेश सरकारको लगानीमा निर्माणधिन अवस्थामा रहेका भवनको अनुगमन गरेका छ।

उनले भने, ‘आज सबै मन्त्रीज्यूहरू सल्लाह गरेर अनुगमनमा निस्केका हौँ,अनुगमन पनि गरियो । अब यी कार्यालयहरू संघीय सरकार मातहत छन् । समन्वय गरेर प्रदेश सरकारले विकल्पमा प्रयोग गर्ने योजना बनाउने छ । संघीय सरकारले सहमति दिएमा सबै जीर्ण भवनहरूलाई मर्मत तथा व्यवस्थित गरेर प्रयोगमा ल्याउँछौँ ।’

प्रदेश सरकारले अनुगमन गरेको नकटाझिज सरकारको स्वामित्वमा २८ बिघा जग्गा रहेको छ । त्यहाँ अहिले कृषि बिरुवा, धान, गहुँ उत्पादनको कार्य भइरहेको अनुगमनमा पाइएको प्रदेश सरकारको टोलीले जानकारी दिएको छ । प्रदेश सरकारबाट मुख्यमन्त्री सिंहसहित भौतिक मन्त्री सरोज कुमार यादव, अर्थ मन्त्री सुनिल कुमार यादव,कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा मन्त्री रानी शर्मालगायतको सबै मन्त्रीहरुको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]