१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

तेल बोक्ने ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार दुईको मृत्यु

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, साउन ३१, २०८१

राजविराज , ३२ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा आज तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महेशको घटनास्थलमा नै मृत्यु भएको छभने दुर्घटनामा घाइते जयप्रकाशको कञ्चनरूप १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।

पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको तेल बोक्ने ट्याङ्करले पूर्वबाट पश्चिम आउँदै गरेको प्र १– ०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । यस्तै, ट्याङ्कर चालक सिरहाको कर्जना नगरपालिका–३ का अन्दाजी ३२ वर्षीय मिथलेश यादवसमेत घाइते भएका छन् । उहाँको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]