२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

अदालतबाट भ्रष्टाचारी ठहर व्यक्ति मिटरब्याज पीडितको नेता

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ०२, २०८१

काठमाडौं ,३ भदौ। मिटरब्याज पीडितको संघर्ष समितिमा रहेका सिरहाका रामकुमार यादवलाई अदालतले भ्रष्टाचारी ठहर गरेको पाइएको छ । विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको पाइएको हो ।

यादवलाई पौने ३ वर्षअघि नै अदालतले गलत सिफारिस तथा गैरकानुनी हानी नोक्सान गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको थियो । उनी मिर्चैया नगरपालिका-७ को वडाध्यक्ष हुँदा यो कसुर गरेका थिए ।

त्यतिबेला यो विषय मिडियामा आएपछि सरोकारवाला निकायले चाँसो लिँदै उनीमाथि मुद्दा दायर गरेको थियो । त्यससँगै उनी निलम्बनमा परेका थिए ।

सोही मुद्दामा विशेष अदालतले २०७८ कार्तिक २३ मा फैसला सुनाउँदै यादवलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । यस्तै, हानी नोक्सानी भएको ४० हजार ७ सय ७७ रुपैयाँ पनि उनीसँगै भराउने फैसला अदालतले गरेको थियो ।

विशेष अदालतको फैसलामा असन्तुष्टि जनाउँदै उनी सर्बोच्च अदालत गएका थिए । तर, छरपस्ट प्रमाणका कारण त्यहाँबाट पनि उनी उम्किने सम्भावना क्षीण छ ।

तर, यस्ता गम्भीर प्रकृतिका गलत अपराधमा संलग्न भई विवादित रहेका व्यक्तिलाई मिटरब्याजविरुद्धको संघर्ष समितिमा स्थान दिइएपछि यसको आलोचना भइरहेको छ ।

संघर्ष समिति नेतृत्वले विचार नपुर्‍याएर यस्ता व्यक्तिलाई समितिमा राख्दा नैतिकताको प्रश्न खडा गरेको मिटरब्याज पीडितहरू बताउँछन् । ‘यो सामन्तवाद, अन्याय र अत्याचारविरुद्धको लडाई हो,’ एक मिटरब्याज पीडितले भने, ‘अदालतले नै भ्रष्टाचारी ठहर गरेका व्यक्ति हाम्रो नेता हुन सक्दैन ।’

यस्तो लापरबाहीले आन्दोलनलाई झन् कमजोर बनाउने भन्दै उनीहरूले यादवलाई यथाशीघ्र कारवाही गर्न माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]