२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

‘शैक्षिक गुणस्तर विकासका लागि प्रदेशमा शैक्षिक पार्क बनाइने’

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र ०७, २०८१

जनकपुरधाम,८ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न प्रदेशको शैक्षिक पार्क बनाइने बताएका छन् ।

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको शनिबार अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री सिँहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१ औँ शताब्दीको सीप प्रबद्र्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक पार्क मधेश प्रदेशका सन्दर्भमा नवीन र महत्त्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री सिँहले पदभार ग्रहण गरेकै बेला प्रदेशका महत्त्वपूर्ण नवप्रवर्तनका योजनामा खुला शैक्षिक पार्क निर्माणको योजना रहने जानकारी दिएका थिए ।

संस्कृत विद्यालयमा खुला शैक्षिक पार्क सञ्चालन गर्ने विषयमा खाका तयार गर्न केही दिनमै प्राविधिक खटिने समेत उनले जानकारी दिए ।

मुख्यमन्त्री सिँहले विज्ञहरूको परामर्श र आधुनिक शिक्षाका परिवेशलाई ध्यानमा राखेर खुल्ला शैक्षिक पार्कको योजना निर्माण गरिएको र यसलाई पहिलो चरणमा मधेश प्रदेशका आठवटै जिल्लामा एक–एक वटा स्थापना गर्ने नीति लिइएको बताए ।

उनले खुला शैक्षिक पार्कलाई मधेशको कमजोर शैक्षिक अवस्था सुधार गर्ने एक नयाँ प्रयोगको रूपमा लिइएको र यसले विद्यार्थी तथा अभिभावकले नयाँ तरिकाले शैक्षिक ज्ञान र सीप सिक्ने विश्वास व्यक्त गरे ।

खुल्ला शैक्षिक पार्क पाठ्यक्रम कार्यन्वयनको नयाँ र सिकाइमैत्री अवधारणा हो । शिक्षाविद् तथा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक यदु प्रसाद ज्ञवालीका अनुसार शैक्षिक पार्कले विद्यार्थीहरूको जिज्ञासा र रुचि बढाउन मद्दत गर्नेछ । थियरी अफ मल्टिपल इन्टेलिजेन्स, सामाजिक शिक्षा सिद्धान्तहरू र २१औं शताब्दीका सीपलाई मुख्य आधार मानेर शैक्षिक पार्कमा विद्यालयस्तरका पाठ्यक्रमसँग मेल खाने गरी फरक–फरक विभागहरू हुनेछन् ।

ती विभागहरूमा विज्ञान र प्रविधि, गणित, भाषा, संस्कृति र इतिहास, मस्तिष्क विज्ञान, र शारीरिक तथा मानसिक कल्याण जस्ता विषयहरू समावेश हुनेछन् ।

मधेसको शैक्षिक अवस्था सुधारमा यो प्रयोग महत्त्वपूर्ण हुने बताइएको छ ।

सुशासन र संस्थागत विकास विज्ञ हरिहर न्यौपानेका अनुसार यो पार्कले अन्तरक्रियात्मक शिक्षण विधिबाट विद्यार्थीहरूको सोच परिवर्तन गर्नेछ । मधेश प्रदेशको गुणस्तरीय शिक्षा विकासको आवश्यकतालाई ध्यानमा राखेर यो अवधारणा निर्माण गरिएको र यसले विद्यार्थी, अभिभावक, शिक्षक, र सरोकारवालालाई बदलिँदो परिवेशअनुसार थप ज्ञान प्राप्तिको अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

पूर्वाधारविज्ञ इन्जिनियर रञ्जित सिँहका अनुसार यसले विद्यार्थीहरूलाई सिकाइमा सजिलो पहुँच प्रदान गर्नेछ र प्रविधिमैत्री वातावरण निर्माण गरी मधेश प्रदेशमात्र नभई देशभरका विद्यार्थीहरूले यसबाट लाभ उठाउन सक्नेछन् ।

खुल्ला शैक्षिक पार्क मार्फत हुने प्रतक्ष्य सिकाई विधिको यो प्रयोग नेपालमा नयाँ हुनेछ ।यसको प्रयोगबाट शिक्षाको गुणस्तरमा के कस्तो नतीजा प्राप्त हुन्छ सोही अनुसार थप योजना बनाउन सकिने सरोकारवालाहरूको मत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]