२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

‘विश्वव्यापी रूपमा भइरहेको हरिगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर’

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र ०८, २०८१

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वृक्षरोपण गरी दिगो वन व्यवस्थापन, वनबाट हुने फाइदाहरू बढाउन र विश्व्यापी रूपमा भइरहेको हरिगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा ८२ बिघा जग्गामा लगाइएको छ हजार आँपको बोट फँडानी गरी सोलार प्लान्ट लगाउन जग्गा भाडामा दिने किसानका बाध्यताबारे ध्यानाकर्षण गराउन पुगेका अभियन्ताहरूलाई मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् ।

आइतबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका फुलगेन मगहीसहितका अभियन्तालाई मुख्यमन्त्री सिँहले सोलार प्लान्टका लागि कृषि प्रयोजनबाट उब्रिने नदीउकास जग्गा दिने विषयमा गृहकार्य भइरहेको बताए ।

‘सोलार प्लान्ट राष्ट्रिय प्रसारण ग्रिडको निश्चित दुरीमा रहनुपर्ने कारणले समस्या छ । तर, यसको समाधान पनि खोजिनेछ,’ उनले भने ।

मुख्यमन्त्री सिँहले मधेश प्रदेशमा आँपको पकेट क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक पूर्वाधार विकासलगायतका काम गरिरहेको भन्दै बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डिप बोरिङ्मार्फत सिँचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर व्यवस्थापनका लागि आवश्य कार्य गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए ।

मुख्यमन्त्री सिँहलाई बुझाइएको ज्ञापनपत्रमा आँप किसान लक्षित गरी बटेश्वर गाउँपालिकामा कोल्डस्टोर निर्माण, नील गाई व्यवस्थापन, नमुना पकेट क्षेत्र घोषणा अनुसार किसानलाई अनुदान र आँप खेतीका लागि विशेष अनुदानमा किटाशक औषधि, मलखाद र उपकरणको व्यवस्थ, सिँचाइ तथा बजार व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

बटेश्वर नगरपालिका क्षेत्रमा सङ्घ सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समेत सञ्चालित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]