२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

न्याय नपाएको मिटरब्याजपीडितको गुनासो

Logo
न्यूजमधेश प्रकाशित आइतबार, भाद्र ०८, २०८१

सिरहा, ९ भदौ। मिटरब्याजपीडित सङ्घर्ष समितिका अगुवाहरूले मिटरब्याज (अनुचित लेनदेन) समस्या अन्त्यका लागि सरकार गम्भीर नभएको गुनासो गरेका छन् ।

‘मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’द्वारा शनिबार सिरहाको गोलबजारमा आयोजित भेलामा मिटरब्याज समस्या अन्त्यका लागि बनेको कानुन कार्यान्वयनका लागि सरकार र संयन्त्र इमान्दार नभएको बताएका हुन् ।

“कानुन कागजमै सीमित हुँदा न्याय पाउन मुस्किल भयो । मिटरब्याजीले प्रहरी, प्रशासन र सरकार सबैलाई प्रभावमा पारेर न्याय प्रक्रियालाई अवरुद्ध पार्ने काम गरेका छन्”, सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भन्नुभयो, “मिटरब्याजीले उल्टो पैसा, पहुँच र शक्तिको आडमा पीडितमाथि थप दमन गरिरहेका छन् ।” उहाँले अब चाँडै गृहमन्त्रीसँग यस विषयमा भेटवार्ता हुन गइरहेको र त्यसपछि पनि सरकारको व्यवहार उचित नदेखिए सशक्त सङ्घर्ष थाल्ने चेतावनी दिनुभयो ।

त्यसैगरी सङ्घर्ष समितिका महासचिव मनोजकुमार पासवानले सरकार, संयन्त्र र मिटरब्याजीहरूले आफूहरूको संयमतालाई कमजोरीका रूपमा लिने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो सङ्घर्षपछि आयोग बन्यो, कानुन बन्यो, तर सबै कागजमै सीमित छ । मिटरब्याजीले नै हामीमाथि दमन गरिरहेका छन् ।” साथै उहाँले मिटरब्याजको संरक्षक राजनीतिक दलहरू नै भएको आरापसमेत लगाउनुभयो ।

अनुचित लेनदेनसम्बन्धी कानुन बन्दा पनि पीडितले न्याय पाउने स्थिति नभएकाले आगामी दिनमा वारपारको लडाइँ लड्नुपर्ने अवस्था आउनसक्ने र त्यसका लागि सम्पूर्ण पीडितहरूलाई एकजुट भएर लाग्न मिटरब्याजी आन्दोलनका अगुवा रामरिझन यादवले आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]