१६ बैशाख २०८२, बुधबार
30-04-2025 , Wed
×

मुख्यमन्त्री सिँहद्वारा प्रादेशिक अस्पताल जलेश्वरमा छड्के

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र ०८, २०८१

जलेश्वर, ९ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रादेशिक अस्पताल जलेश्वरमा छड्के अनुगमन गरेका छन् ।

रातका बेला चिकित्सक तथा स्वास्थ्यकर्मी अभावमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासोपछि मुख्यमन्त्री सिँहले आइतबार साँझ अस्पताल अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री सिँहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशाला लगायत निरीक्षण गरेका छन् । निरीक्षणक्रममा उनले ड्युटी चार्ट अवलोकन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी आए नआएका विषयमा खोजीनीति गरेका छन् ।

उनले अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरेका छन् ।

निरीक्षणक्रममा मुख्यमन्त्री सिँहले अस्पतालका सेवा व्यवस्थित तथा प्रभावकारी बनाउन त्यहाँ उपलब्ध अधिकारीहरूलाई निर्देशन दिए । उनले अस्पतालमा सरसफाइको थप राम्रो व्यवस्थापन गरिनुपर्ने निर्देशनसमेत दिए ।

निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिँहले दिन घर्केपछि अस्पतालमा डाक्टर र नर्स नहुने गुनासो आएपछि आफूले अस्पताल अनुगमन गरेको बताए । उनले डाक्टर र नर्सले हाजिरी गरेर घरमा नबसी निर्धारित काम जिम्मेवार भएर पुरा समय नियमित गर्नुपर्ने उल्लेख गरे ।

उनले प्रादेशिक अस्पताल जलेश्वरमा गुणस्तरीय स्वास्थ्य सेवामा बिरामीको पहुँच बढाउन सेवा विस्तार गरिने जानकारी दिए ।

पत्रकारहरूको एक प्रश्नको उत्तरमा मुख्यमन्त्री सिँहले प्रादेशिक अस्पतालमा चिकित्सक अनकल नभएर पुरा समय ड्युटीमा खटिनुपर्ने व्यवस्था गरिने पनि बताए ।

यसअघि मुख्यमन्त्री सिँह प्रादेशिक अस्पताल जनकपुरको शनिबार राति ११ बजे छड्के निरीक्षण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]