२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

जन्मलाई जीवनमा रूपान्तरण गर्ने श्रीकृष्णको जीवनशैली प्रेरणास्पद छ ः मुख्यमन्त्री सिँह

Logo
न्यूजमधेश प्रकाशित सोमबार, भाद्र ०९, २०८१

जनकपुरधाम, १० भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कृष्ण जन्माष्टमीका अवसरमा बधाई तथा शुभकामना दिएका छन् ।

सोमबार उनले दिएको शुभकामना सन्देशमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्माष्टमी श्रद्धा, भक्ति र आनन्दको उत्सव भएको र यसले युगीन चेतनाबोध तथा सुपथगमनका लागि शक्ति एवम् सामथ्र्य प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

मुख्यमन्त्री सिँहले सत्य, प्रेम र करुणासँगै इमानदारी एवम् निष्ठाका पयार्य भगवान् श्रीकृष्ण दर्शनले जीवनजगतलाई युगौँसम्म अनुप्राणित गरिरहने भन्दै जन्मलाई जीवनमा रूपान्तरण गर्ने श्रीकृष्णको जीवनशैली प्रेरणास्पद र अनुकरणीय रहँदैआएको सन्देशमा उल्लेख गरेका छन् ।

राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक विषमताप्रतिको विद्रोह र परिवर्तन लागि मार्ग, तस्बिर र रूपरेखा कोर्ने भगवान् श्रीकृष्ण जन्मको अर्थ समानता भएको र उज्यालोमा मात्र नभई अँध्यारोमा पनि प्रकाश–परमात्मा अङ्कुरित हुने सक्ने सत्यनित्य सन्देश प्रवाह गर्ने श्रीकृष्ण जन्माष्टमीले सबैका जीवनमा सुख र सौभाग्य ल्याउने सन्देशमा कामना गरिएको छ ।

मुख्यमन्त्री सिँहले भगवान् श्रीकृष्णले जीवनका प्रत्येक पल, पक्ष र व्यक्तिलाई पूर्णतामा बाँचेको उदाहरणबाट जीवनमा आइपर्ने कठिन, जटिल र असहज समयमा पनि व्यक्तिले उल्लासभावका साथ अघि बढ्न प्रेरित भइरहेको सन्देशमा भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]