२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

‘बच्चालाई स्कुल पठाउनुस्, स्कुलबाट फर्केपछि घरमा पढाउनस्’

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १०, २०८१

जनकपुरधाम, ११ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मंगलबार साँझ धनुषा जिल्लाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्ती पुगी त्यहाँका बासिन्दासँग समसदायका समस्याबारे छलफल गरेका छन् ।

महिनामा एकपटक एक दलित बस्ती अवलोकन गरी त्यहाँका विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन लगायत समस्याका बारेमा स्थानीयसँग कुराकानी गर्ने कार्यक्रमअनुसार मुख्यमन्त्री सिँह वैदेही स्कुल टोलको मुसहर बस्ती पुगेका हुन् ।

बस्तीमा पुगेर मुख्यमन्त्री सिँहले महिला, बालबालिका, युवा तथा वृद्धसँग उनीहरूका समस्याका बारेमा जानकारी लिएका छन् । बस्तीका विभिन्न घरका दैलौमै बसेर उनले मुसहर समुदायका बालबच्चाको पढाइलेखाइ, स्वास्थ्योपचारका व्यवस्था, सरसफाइ, आयआर्जनका कामसँगै बानीव्यवहारका बारेमा सवालजबाफ गरेका थिए ।

मुख्यमन्त्री सिँहले सङ्घीयताका कारण जनप्रतिनिधिका रूपमा स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व भएको भन्दै सङ्घीयता संस्थागत गर्ने जिम्मेवारी सबै समुदायका जनताको रहेको समेत बताए ।

बनिबुतो गरेर जीविकोपार्जन गर्ने मुसहर समुदायका अधिकांश पुरुष रोजगारका लागि भारत जाने गर्छन् भने गाउँमा भएका पुरुष पनि खेतीहर मजदुरका रूपमा काम गर्छन् । यस समुदायका महिलासमेत आआर्जनका लागि कृषिसम्बद्ध श्रम गर्ने गर्छन् ।

आयआर्जनका दृष्टिले लत्ताकपडा र छाक टार्न समस्या नरहे पनि यस समुदायका पुरुषमा जाँडरक्सीको लत रहेकाले उनीहरूले आम्दानीको ठूलो हिस्सा गुम्ने गरेको गुनासो मुसहर समुदायका महिलाले मुख्यमन्त्री सिँहसँग गरेका थिए । त्यसको उत्तरमा मुख्यमन्त्री सिँहले यसमा सुधार ल्याउन समुदायबाट समेत पहल हुनुपर्ने बताए ।

मुख्यमन्त्री सिँहले गत दुई दशकमा अन्य समुदायमा परिवर्तन आए पनि मुसहर समुदायमा त्यस्तो हुन नसकेको भन्दै मुसहर बस्तीका बच्चाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवै स्तरबाट पहल हुनुपर्ने बताए । उनले कम उमेरमा छोरीको बिहा नगरी लेखपढ गराएर मात्र बिहाबारी गर्न मुसहर महिलालाई सुझाए ।

मुख्यमन्त्री सिँहले बस्तीका महिलालाई भने, ‘बच्चालाई घाँसदाउरा र मेलापात गराउने, वस्तुभाउका हेरालु बनाउने र अन्य घरका कामकाज गराउनेतिर नलाग्नुस्, सधैँ स्कुल पठाउनुस्, स्कुलबाट फर्कँदा घरमा पढोस् भन्ने कुरामा जोड गर्नुस् । समुदायको मुहार आफसेआफ फेरिन्छ ।’

बस्ती भ्रमणक्रममा मदिरा बिक्रीवितरण हुने रक्सी पसलअघि पुगेका मुख्यमन्त्री सिँहले रक्सीका कारण समाज बन्न नसकेको भनेपछि बिक्रीका लागि भुइँमा फिजाएर राखिएका रक्सीका बोतल पसले तत्काल थान्कोमुन्को लगाएका थिए ।

उनले जाँडरक्सी सेवन गर्ने समुदायका पुरुषलाई लक्षित गर्दै ‘साँझको अफिस’ बन्द गर्न आग्रह गरे । उनले त्यसो भनेपछि दुःख गरेर कामएको पैसाबाट दिनहुँ रक्सी खानेहरूका बारेमा समुदायका महिला समेतले मदिरापानलाई साँझको अफिस भन्न थालेका थिए ।

स्थानीयका अनुसार जिल्लाकै दलित समुदायमा मुख्यमन्त्री पुगेको भने पहिलोपटक हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]