२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

आर्केस्ट्रामा विवाद: मेयर साहले गरे युवकमाथी हातपात

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ११, २०८१

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् ।

स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् ।

‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम आयोजना गरिएको थियो । अश्लिलता प्रदर्शन गर्ने र कानूनले समेत बर्जित गरेको कुरामा मेयर उपस्थित भएपछि प्रश्न स्वभाविक थियो । फोटो भिडियो खिच्ने क्रममा मेयरले हातपात गर्नु भयो । अश्लिल गाली गर्दै मोबाइल समेत खोसेर लैजानु भयोु, पीडित महतोले भने ।

मेयर साहको रोहबरमा आयोजित आर्केस्ट्राले समाजलाई भड्काउने र अश्लिलता फैलाउने भन्दै आवाज उठान खोजेका महतोको मोबाइल खोस्दै कुटपीट समेत गरेको महतोले जानकारी दिए ।

स्थानीय युवा महतो भ्रष्टाचार, मिटरब्याज लगायत जनताका पीडामा आवाज उठाउदै आएका व्यक्ति समेत हुन् । नगरपालिकाले गर्ने हरेक काममा जवाफदेहीताको खोजी गर्ने महतोमाथि मेयरले यसअघि पनि अश्लिल गाली गर्दै विभिन्न धम्की दिने गरेको पीडितको भनाई छ ।

यता, मेयर साहले भने आर्केस्ट्रा आयोजना नभएको प्रतिक्रिया ददिएक छन् । आफ्नो पालिकामा आर्केस्ट्रा आयोजना हुँदै नभएको दाबी गरेका मेयर साहले सामान्य उजुरी आएपछि प्रहरीलाई बुझ्न भनेको बताए ।

आर्केस्ट्रा आयोजना गर्ने अश्लिलता प्रदर्शन गर्ने विषय बर्जित छ । यस्तो देखिए तत्काल प्रशासनलाई खवर गरेर समाधान खोजिन्छ । मेराविरुद्ध आरोप लागेकोबाहेक केहि होइनु, मेयर साहले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]