२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बारामा अवैध घरेलु मदिरा भट्टी नष्ट,तीन पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन २१, २०७६

बारा । प्रदेश नं.२का बारा जिल्लाको कलैया उप-महानगरपालिकामा अवैध घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेका छ्न।

मंगलबार जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक विकाशराज खनालको कमाण्डमा अ.प्र.पोष्ट बसपार्क बारा समेतबाट खटिएको प्रहरी टोलिले कलैया उप-महानगरपालिका वडा नं. १ बस्ने मदन कलवार, लालबाबु साह,वडा नं.४ स्थितमा शम्भु पटेल, पल्ट चौधरी,वडा नं.७ स्थितमा भन्टु दास समेतले संचालन गरेको अवैध मदिरा भट्टी-६ वटा, कच्चा पदार्थ १२,५०० लिटर, तयारी मदिरा १७० लिटर नियन्त्रणमा लिएको खनालले बताएका हुन

उक्त नियन्त्रित मदिरा नष्ट गरी अवैध मदिरा उत्पादनमा संलग्न बारा जिल्लाका कलैया उप-महानगरपालिका-१ बस्ने मदन कलवार,वडा नं.४ बस्ने भोला दास र बस्ने मुकेश मलीलाई समेत पक्राउ गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]