२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, भाद्र १७, २०८१

दाङ ,१८ भदौ। कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्नुहुन्छ ।

आठ कट्ठा जमिनमा खेती गर्नुभएकी दुखराजी बारीमा उत्पादन भएका तरकारीको भारी बोकेर बिक्री गर्न लमही बजार आउने गरेको अनुभव सुनाउनुभयो । उहाँले बारीमा फलेका तरकारी बजारमा बिक्री गर्न दौँतरीसँग बिहान ५ बजे गाउँबाट निस्कने गरेको बताउनुभयो ।

“लमही बजार पुग्दासम्म खाना पकाउने बेला भइसकेको हुन्छ । त्यही मौका छोपेर बजारका टोलटोल घुमेर तरकारी बिक्री गर्ने गर्दछौँ । तरकारी बिक्रीबाट भएको आम्दानीले बजारबाट घर जाँदा आवश्यक सामग्री खरिद गरेर फर्किन्छु । कृषि पेसा र तरकारी बिक्रीबाट जीविकोपार्जन भइरहेको छ”, उहाँले भन्नुभयो ।

बजारका घरघरमा पुगेर तरकारी बेच्दा दुःख हुने अनुभव सुनाउँदै दुखराजीले स्वरोजगार बनेर आम्दानी भएकाले आर्थिक अभाव भने नरहेको उहाँको भनाइ छ । “घर र अन्य दैनिकी सञ्चालनका लागि तरकारी बेचेर आम्दानी भइरहेको छ । काम गर्दा दुःख भए पनि आर्थिक अभाव भएको छैन”, उहाँले भन्नुभयो ।

उहाँ जस्तै लमही–३ मजगाउँ निवासी ५३ वर्षीया कैलासपति चौधरी पनि तरकारी बिक्री गर्न दैनिक लमही बजार आउनुहुन्छ । तरकारी बिक्री गरेर जीविकोपार्जन गर्दै आउनुभएकी उहाँले भन्नुभयो, “तरकारी बिक्री गरेर घरखर्च जुटाउनुपर्छ, टाढा भए पनि तरकारी बेच्न सधैँ लमही आउँछु ।” मौसमअनुसार उत्पादन भएका तरकारीसँगै आर्थिक आम्दानी गर्ने उद्देश्यले यहाँका महिला बजारसम्म आउने गरेका छन् । यसरी दैनिक तरकारी बिक्रीबाट रु छ सयदेखि रु एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको कैलासपतिले जानकारी दिनुभयो ।

बजारमा तरकारी डुलाएर बेच्दा राम्रो मूल्य पाइने मजगाउँ निवासी शारदाकुमारी चौधरीले बताउनुभयो । व्यापारीलाई दिँदा मूल्य कम पाइने भएकाले आफैँले तरकारी बोकेर बजार पु¥याउने गरेको उहाँको भनाइ छ । “बजारमा आफैँ गएर बिक्री गर्दा आम्दानी राम्रो हुन्छ, तरकारीखेतीमा लागेको मेहनत र मूल्य पनि उठ्छ”, उहाँले भन्नुभयो ।

तरकारी बिक्रीबाट घरखर्चसँगै छोराछोरीको पढाइ खर्च जुटाउने गरेको शारदाकुमारीले बताउनुभयो । तरकारी बिक्री गर्ने निश्चित र व्यवस्थित ठाउँ भएमा व्यावसायिक तरकारी बिक्री गर्ने महिलालाई सहज हुने उहाँले उल्लेख गर्नुभयो ।

“बजारमा डुलेर तरकारी बिक्री गर्दा घाम, पानी, जाडो भन्न पाइँदैन । व्यवस्थित हाट वा तरकारी बिक्री स्थल भएमा घरघर डुल्ने झन्झट अन्त्य हुने थियो । स्थानीय सरकारले किसानलाई प्रोत्साहन गर्न पनि कृषि उपजको सहज बजारीकरणमा सहयोग गर्नु आवश्यक छ”, शारदाकुमारीले भन्नुभयो ।

छ कट्ठा खेतमा तरकारीखेती गरेको भन्दै उहाँले उत्पादन भएको कृषिउपज आफैँ बजारसम्म लगेर बिक्री गर्दै आएको बताउनुभयो । तरकारीबाट भएको आम्दानीले जीविकोपार्जन गर्न सहज भएको उहाँको भनाइ छ ।

उहाँहरु मात्र होइन, बजार आसपासमा रहेका धेरै महिला दैनिकजसो तरकारी बिक्रीका लागि बजारसम्म आउने गर्नुहुन्छ । तरकारी बिक्री गरेर आम्दानी भएको रकमले घर व्यवहार चलाउँदै आएको उहाँहरुले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]