२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

सिमा क्षेत्रबाट नियन्त्रणमा लिएको अबैध कुखुराको चल्ला नष्ट

Logo
प्रकाशित मंगलबार, आश्विन २१, २०७६

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले सिमा नाकाहरुबाट चोरी हुने कुखुराको चल्ला नष्ट गरेको छ । भन्सार छली चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत शुक्रबार रातिको अबैध कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको Crime Investigation Team (CIT) टोलीले गस्ती गर्दै जाने क्रममा रौतहटको राजदेबी नगरपालीका वडा नं. ८ स्थित बेलबिछुवा गाउँ नजिक पुग्दा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याउँदै गरेको अवश्थामा फेला परेका थिए ।

प्रहरी गस्ती टोली लाई देख्ना साथ उक्त कुखुराको चल्लाहरु राखेको ३४ वटा काटुनहरु बाटोमा फाली छाडी भारत तर्फ भागी फरार रहेकोले बेवारीसे अवश्थामा फेला पारेको कुखुराको चल्ला नियन्त्रणमा लियो । मुल्य तिन लाख चालीस हजार बराबरको कुखुराको चल्ला बिहानको समयमा स्थानिय पत्रकार,जिल्ला पशु कोरेन्टाईम रौतहटको प्रतिनिधि एवं स्थानिय भद्र भलादमीहरुको उपस्थितिमा गौर नगरपालिका वडा नं. ४ स्थित लालबकैया नदी खोलाको बगरमा खाल्टो खनी नष्ट गरीएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]