२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

प्रधानाध्यापकको मनपरि , आफू खुसी बिद्यालय बन्द !

Logo
न्युज मधेश प्रकाशित शनिबार, कार्तिक ३०, २०८१

सिरहा : सिरहाको औरही गाउँपालिका वडा ५ मा अवस्थित सुन्दर जनता माबि औरही बिद्यालय शुक्रवार बन्द रहेको थियो। औरही गाउँपालिका अन्तरगतका अन्य बिद्यालयहरु संचालन रहेपनि उक्त बिद्यालयमा बिदा गरिएको थियोे । स्थानीय सरकार , शिक्षा समिति लगायतका निकायहरूमा कुनै जानकारी वा अनुमति नलिई बिद्यालयमा बिदा गरिएको स्थानीय सिकिन्द्र यादवले बताउनु भयो।

बिहिवार बिद्यालयका अन्य शिक्षकहरु प्र.अ बिबेक कुमार यादवलाई बिदा बारे सोध्दा बन्द नरहने जानकारी गराएका थिए। तर साझ बिना सरसल्लाह गरि एकलौटी ढङ्गबाट प्र.अ. ले बिदा घोषणा गरिदिनु भयो। हामीलाई जानकारी नै नगराई बिदा दिदा हामीले बिद्यालय समयमा बिद्यालय आउदा अचानक बिद्यालय बन्द रहेको भनी जानकारी पाएको एक शिक्षकको गुनासो रहेको छ। त्यसरी बिद्यालय बन्द गर्ने वा नगर्ने भन्ने बिषयमा आफुहरु संग कुनै सल्लाह वा छलफल समेत नगरिएको शिक्षकहरुको भनाई रहेको छ।

यस बिषयमा प्र.अ विवेक यादव संग सोध्दा स्थानीय बिदा दिएको जानकारी गराए पनि यस बिषयमा अन्य निकायहरु संग समन्वय नगरेको स्विकारे । निमित्त वडा अध्यक्ष रामजतन दास , शिक्षा अधिकृत लगायतले आफुहरुको जानकारी बेगर बिदा दिएको बताउनु भयो। स्थानीय बिदा दिने अधिकार स्थानीय शिक्षा समितिको भएपनि उनीहरुको समन्वय बेगर बिदा दिनु गलत रहेको तर्क स्वबियु सभापति दिपेन्द्र यादब गर्नुहुन्छ । बिदाको सम्बन्धमा निर्णय गर्दा सम्बन्धित निकायको कोर्डिनेसन बेगर बिदा दिएको सुन्दा आफैमा प्र.अ.को असक्षमता प्रस्ट हुन्छ।

विद्यालय बन्द गर्दा सम्बन्धित निकायहरु संग छलफल गरि कम्तीमा स्टाफ बैठकबाट निर्णय हुनुपर्ने र उक्त निर्णयबारे सम्बन्धि निकायमा जानकारी गराउनु पर्ने थियो। तर त्यसरी जानकारी नै नगरी बिना समन्वय बिदा दिएको पाइएको छ।

त्यसैगरी बिहिबार विद्यालयका भु.पु विद्यार्थीहरु द्वारा आयोजित हाजरीजवाफ प्रतियोगिता र शिक्षक सम्मान कार्यक्रममा समय अभावले बोल्न नदिएको झोकमा कार्यक्रममै भुपु विद्यार्थीहरुलाई दुर्ववहार गरिनुको साथै धाकधमकी समेत देखाएका थिए । कार्यक्रम चलिरहेकै अवस्थामा बिद्यालयको अर्को सानो साउण्ड सिस्टम प्रयोग गरेर तथानाम बोल्न थाल्नु भयो। आयोजक टीमका पुर्व विद्यार्थीहरुलाई बाहिर रहेका डेक्सबेन्चहरु लगायतका समानहरु भित्र राख्नुस , अहिले कुनै पनि समान बाहिर नलग्नुस , बिद्यालयको धेरै समानहरु छन् , केही समानहरु एताउता भयो भने तपाईंहरुले जिम्मेवारी लिनु पर्छ भन्दै मुलगेटमा ताल्चा लगाएर हिन्नु भयो। यो सबै देखेर मन दुखेको वहाहरु सुनाउनु भयो।

बिद्यालयका अन्य बिषयहरुमा समेत कुनै सल्लाह नगरी एकलौटी ढंगबाट गरिरहेको छ। बिद्यालयमा दम्भी र शोषण व्यबहारका कारण बिद्यालयको शैक्षिक अवस्था बिग्रदै गैरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]