०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

द्वन्द्वपीडित भन्छन्-‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

Logo
न्यूजमधेश प्रकाशित बुधबार, मंसिर ०४, २०८१

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् ।

विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ ।

नेपालगञ्जकी द्वन्द्वपीडित चन्द्रकला उप्रेतीले द्वन्द्वपीडितलाई औषधि उपचार निःशुल्क भए सहज हुने उल्लेख गर्दै विगतका प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । राप्तीसोनारीका द्वन्द्वपीडित रामरतन चौधरीले शान्ति सम्झौतापछि द्वन्द्वपीडितलाई न्याय हुन नसेकेको र पीडितहरूको जीवन बिमा र स्वास्थ्य बिमा आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले द्वन्द्वपीडितलाई परिचयपत्रसमेत जरूरी भएको औँल्याउँदै औषधि खान र खानाका लागिसमेत धौधौ हुन लागेको गुनासो गर्नुभयो । कोहलपुर– ११ की चन्द्रकला अधिकारीले पीडितका बालबालिकालाई शिक्षामा पहुँच आवश्यक भएकामा जोड दिनुभयो । उहाँले भन्नुभयो,“सबैलाई पीडा छ तर सुन्ने कोही छैनन् । हामीलाई निःशुल्क औषधि, बालबच्चालाई पठनपाठन र रोजगारीको ग्यारेन्टी भए हुन्थ्यो नि !”

बैजानाथकी पार्वती बुढाले द्वन्द्वपीडित सबैलाई समान व्यवहार नभएको गुनासो गर्दै पीडिका माग सम्बोधन गर्न शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

मानवअधिकार आयोग, बाँकेकी प्रमुख द्वारिका अधिकारीले द्वन्द्वपीडितका उजुरी र गुनासाको न्यायोचित सम्बोधन हुनुपर्ने बताउनुभयो । एड्भोकेसी फोरम नेपाल, बाँकेका संयोजक तथा अधिवक्ता वसन्त गौतमले शान्ति प्रक्रिया टु्ङ्गोमा नपुग्नु दुःखद भएको औँल्याउदै द्वन्द्वपीडितको अवस्थामा सुधार आउन नसकेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]