२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

सिराहा : डोम समुदायलाई उठिबास गराएको केही तथ्य

Logo
न्युज मधेश प्रकाशित शुक्रबार, चैत्र ०६, २०८१

सिराहा : औरही गाउँपालिका सिराहामा महायज्ञको नाममा स्थानिय दलित समुदायका परिवारलाई उठिबास गराएको समाचार बाहिरिए पछि सर्वत्र चर्चाको विषय बनेको छ।

हिजो बिहीवार कान्तिपुर पत्रिकामा समाचार सम्प्रेषण भए पछि संसद भवनमा एक पछि अर्को गरी लगभग १३/१४ जना सांसदहरुले घटनामा सँगलग्न व्यक्तीहरुलाई कारवाही गर्न माग गरे।

लगत्तै राष्ट्रिय मानव अधिकार आयोग , दलित आयोग बाट विज्ञप्ति जारी गर्दै छानविनको माग गरे। राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका टोली घटना स्थलमा आएरै घटना बारे बुझेका छन्।

घटना बारे केही तथ्यगत कुरा हेरौं :
१. निज पीडित परिवारको भनाइ अनुसार नै आफूहरुको असहमति र अनुपस्थितिमा घर हटाएको भनिएको छ।

२. पीडित अनिता मरीकले यज्ञ गराउन एक जना बाबा आएको र ती बाबाले डोम समुदायको घर रहेको स्थानमा यज्ञ गरिन् सक्दैन भनेर भने बमोजिम आफूलाई हटाएको भनेर वक्तव्य नै दिएको छ।

३.करिब एक महिना गाडी मन्जुरी नामा गराएको भनिएको कागजमा फाल्गुन ११ गतेको मिति राखिएको छ तर पीडित दीपक मारीका ले नै यो कागजात हामी संग हिजो मात्रै गर्न लगाएको भनेर भनिएको छ।

४. पालिकाले मन्जुरी नामाको फोटो देखाएको छ तर पीडित दीपक मारीकाले नै आफू संग रहेको उजुरी लेखिएको कागज मिडियामा देखाएको छ।

५.यज्ञ स्थलमा बस्दै आएको एक जना बाबाले पनि माछ मदिरा खाएको , जति भन्दा पनि नेटरेकोले हटाएको भनेर भनिएको छ।

६.हिन्दू सम्राट सेनाले पीडित अनितालाई सोधेको प्रश्न नै यज्ञ भइरहेकोले हटाइएको भनेर गरेको छ र त्यसको जवाबमा अनिताले
हो भनेर जवाफ फर्काएको छ।

७.डोम समुदायको घर रहेको स्थानमा घर हटाए पछि उक्त जग्गा गहिरो कसरी भयो ? जवाबाकी कुनै पनि स्थानबाट घर हटाउने हो भने समतल भूभाग भन्दा घर रहेको स्थान उच्चा नै रहन्छ।

साथै त्यही नजिक मुर्ती रहेको स्थानमा माटो राखेको भनिएको छ तर त्यही स्थानको माटो लाई हेर्दा पनि घास लागेको , बलौटे माटो रहेको , डल्लो र ढीक्कै ढिक्का रहेको छ । त्यो माटो र देखाइएको माटो फरक रहेको छ।

८. एलानी पर्ती जग्गा छुट्याउने क्रममा घर हटाएको भनिएको छ तर त्यसका लागी गठित समितिले कार्यादेश नै नपाएको अवस्था छ ?

९.एक ठाउँबाट ऐलानी पर्ती जग्गा खाली गराउने त्यही ठाउँमा यज्ञको त्यत्रो ठूलो संरचना बनाउने , त्यही घर यज्ञ पछि हटाउँदा हुँदैनथयो र ?

१०. जुन स्थानमा अहिले सारीएको छ त्यो पनि विद्यालयको जग्गा रहेको छ। विद्यालयबाट समेत अनुमति नलिई घर बनाएको छ। सहमतिमै गएको हो भने मन्जुरीनामा किन्? त्यही मन्जुरी नामा एक दिन अगावै सामाचार संकलन गर्न गएको टोलीलाई किन् देखाउन सकिएन।

यी नै प्रमाण र सबूत लाई हेर्ने हो भने ती घटना सत्य रहेको र मिडियामा आइसकेपछि कारवाहीबाट पन्छिन त्यसता प्रपञ्च रचिएको सजिलै बुझ्न सकिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]