२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

धनगढीमाई-८ कसहामा तरकारी सङ्कलन केन्द्रको लागि पूर्वाधार निर्माण कार्यको शिलान्यास

Logo
न्युज मधेश प्रकाशित आइतबार, चैत्र ०८, २०८१

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो।


सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण विभाग र सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट सञ्चालन हुने उक्त आयोजनाको लागि १ करोड रकम विनियोजन भएको छ।

जनमत पार्टीकी सांसद माननीय विनिता कुमारी सिंहज्यूको पहलमा उक्त आयोजनाका लागि सहरी विकास मन्त्रालयले १ करोड रकम विनियोजन गरेको थियो। सहरी सघन तथा भवन निर्माण आयोजना सप्तरी र श्री एलिना कन्ट्रक्सन अर्नामा -२ सिराहा बीच उक्त आयोजना करिब चार महिनाभित्र अर्थात् २०८२ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ।

शिलान्यास कार्यक्रममा धनगढीमाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम भरोसी महतो, वडा सदस्यज्यूहरू नगरपालिकाका कर्मचारी ज्यूहरू, जनमत पार्टीका नेता स्थानीय बुद्धिजीवी युवा प्रभलादमीहरूको उपस्थिति रहेको थियो।

धनगढी माई नगरपालिका तरकारी उत्पादनको लागि प्रमुख स्थानको रुपमा मानिन्छ। यहाँ उत्पादन हुने तरकारीहरु बिक्री वितरण गर्न र भण्डारण गर्नको लागि ठाउँ अभाव भएको हुँदा निकै समस्या भइरहेको थियो। यसबीचमा माननीयज्यूले हाम्रो वडाको लागि पहल गरेर तरकारी सङ्कलन केन्द्रको लागि बजेट राखिदिएकोमा यो समस्या दूर हुने देखिन्छ। त्यसका लागि वडावासीको तर्फबाट उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। अध्यक्ष महत्वले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]