१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

औरही घटना:आवासको ग्यारेन्टी सहित दीपक मरिकको घर पुगे प्रदेश सांसदद्वय संजय यादव र जिवछी यादव

Logo
न्युज मधेश प्रकाशित बिहिबार, चैत्र १२, २०८१

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको संरचना का लागि आफूहरू पहल गर्ने र उक्त कार्यको लागि जग्गाको व्यवस्थापन तथा अन्य कार्यमा स्थानीय सरकारको सहयोगका लागि आग्रह समेत गरेका छन्।

आज बेलुका पीडित भनिएका मालिकको घर पुगेर स्थानीय जनप्रतिनिधि, वडा अध्यक्ष, जनसमुदाय लगायतको बीचमा छलफल समेत भएको थियो। छलफलको क्रममा दीपक मल्लिकले बारम्बार आफ्ना घर भत्काउनु परेको र सार्नुपरेको वेदनापोखले अब यस्ता घटना नदोहोर्याउन नपरोस् भनेर दुखेसो पोखे। साथै त्यसका लागि आफूलाई स्थाइ रुपमा जग्गाको बन्दोबस्त गरिदिन आग्रह समेत गरे।

माननीय सांसद संजयकुमार यादव सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित प्रदेश सांसद हुन्।

उहाँले राख्नुभएको विषयमा आफूहरू चिन्तित रहेको र आगामी दिनमा यस्ता घटना नहोस् भन्नका लागि प्राविधिक रुपमा अनुगमन गर्ने र सुरक्षित आवासको लागि आवश्यक कदम चाल्ने सहभागीहरूले प्रतिबद्धता जाहेर गर्नुभएको थियो।

यस घटनामा पीडितको किटानी जाहेरीका आधारमा औराही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलिप कुमारी यादव अनुसन्धानका लागि हिरासतमा छन् भने महायज्ञका पुजारी बजरंगी बाबा भन्ने फरार छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]