०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

सिराहाको खोक्सीमा सांसद यादवले गरे आध्यात्मिक ज्ञान आश्रम तथा कृष्ण मन्दिर निर्माण कार्यको शिलान्यास

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित मंगलबार, चैत्र १७, २०८१

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो।

मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास कार्यालय लहान सिरहाबाट सञ्चालन हुने उक्त योजनाको लागि सांसद यादवको पहलमा कृष्ण मन्दिर तथा भवन निर्माणका लागि ४५ लाख रुपैया विनियोजन भएको छ। उपभोक्ता समिति मार्फत सञ्चालन हुने उक्त आयोजनाको लागि उपभोक्ता समिति गठन भइसकेको र कार्यालयसँग सम्झौता भई कार्य आदेश पाए लगत्तै काम शुरू गर्ने उपभोक्ता समिति अध्यक्ष कमलदेव रायले बताउनुभयो।

अहिलेको बदलिदो परिवेशमा युवाहरू कुलतमान फस्दै गइरहेको अवस्थामा उनीहरुलाई कुलतबाट बचाउन धार्मिक अनुष्ठानसँग जोडेर जनचेतना जगाउने उद्देश्यले यो मन्दिर निर्माण गर्न लागेको र निकट भविष्यमा यसलाई थप विस्तार गर्दै गौशाला निर्माण गर्ने आफूहरूको योजना रहेको स्थानीय सुरेन्द्र यादवको भनाइ रहेको छ।

यहाँ नजिकै त्रिशुला नदी रहेको र त्रिशुला नदीको क्षेत्रसमेत अत्यधिक रहेको तथा उक्त नदीमा हरेक दिन पानी रहने गरेकोले नदीको डिलमा शमशान घाट निर्माण गर्ने आफ्ना चाहना रहेको प्रदेश सांसद यादवले बताउनुभयो। मानव जीवनको एक चौथाइ भाग आध्यात्मिक हुन्छ। अध्यात्मले मानव जीवनलाई सही दिशा निर्देश गर्ने गर्छ। मानव जीवनमा अध्यात्मको बडो महत्त्व हुन्छ।

शिलानास कार्यक्रममा बरीयारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतो , वडा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा, विभिन्न पार्टीका पार्टी प्रतिनिधि लगायत समुदायका व्यक्तिहरू उपस्थिति रहेको थियो।


 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]