सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ।
निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो समर्थकहरू लाई भेट्घाट देखि घरदैलोमा पुगिरहेको छ।
डा सीके राउत नेतृत्वको जनमत पार्टीबाट विनोद कुमार यादव उम्मेदवार बन्नु भएको छ। यस अघि पनि वहां नै उम्मेदवार रहेको थियो। काँग्रेस – माओवादी र एमाले – जसपाको दुई गठबंधन रहदा समेत १६ हजार भन्दा बढी मत ल्याएर तेस्रो प्रतिस्प्रधी रहनु भएका उनी यस पटक निर्वाचन जित्ने रणनीतिमा काम गरिरहनु भएको छ।
एउटा प्रदेश सांसद समेत जितेकाले पनि उनलाई यस पटक सहज हुने बुझाइ छ। मत त्यसै जाँदैन जनताको विश्वास जित्न जरुरी हुन्छ। हामीले आधा कार्यकालमै सबै वडा वडामा विकास पुर्याएका छौ। जनताले हामीलाई विश्वास गर्नु भए बमोजिम सेवा दिएका छौ। जनतालाई थाहा छ जनमत पार्टी मधेशीको पार्टी हो , मधेशका लागि लड्ने पार्टी हो। त्यसैले जनमत पार्टीकाे हर्न छापामै मतदान गर्ने नेता दिपेन्द्र कुमार यादवले बताउनु भयो।
आज सम्म मधेशको विषयमा जुन सुकै आवाज उठेको छ त्यो मधेशवादी दलले राखेको छ। अरूले हामीलाई ठगेर जाने बाहेक अरु केही गरेको छैन। त्यसैले हामी भुलभुलैयामा पर्दैनौ , मधेशवादी दलमै मतदान गर्छौ त्यसका लागी हर्न छाप नै उत्तम विकल्प हुने भनाई नवराजपुर गापा -५ निवासी रामलाल महराले बताउनु भयो।
यहां जनमत ,काँग्रेस , एमाले , नेकपा , जसपा, रास्वपा लगायतका दलहरुको उम्मेदवार रहेको छ।