२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

प्रमुख सचेतक अरगरियाद्वारा सामुदायिक भवन समुदघाटन

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

जनकपुरधाम।धनुषाको हसँपुर नगरपालिका वडा नं.४ सुगा मौधकरहीमा संसदीय बजेटबाट नवनिर्मित  सामुदायिक भवन समुदघाटन कार्यक्रम सप्पन्न भएको छ।

बिहिवार एक समारोहका विच समाजवादी पार्टीका प्रमुख सचेतक एवम् प्रतिनिधि सभा सदस्य उमा शंकर अरगरियाले सामुदायिक भवनको समुदघाटन गरेको छ।

संसदीय कोषबाट २० लाखको बजेट लागतमा उपभोक्त समितिको मार्फत भवन निर्माण भएका हुन।

कार्यक्रममा प्रमुख सचेतक अरगरियाले बौल्दै न “खान्छु न खान दिन्छु ” भन्ने नाराका साथ हामी भ्रष्टाचार मुक्त गर्नको लागी अगाडि बढैको कारणले गर्दा आज हाम्रो संसदीय कोषको सबा २ करोड बजेट फिरिज भएको छ।फिरिज भएको रकम राष्ट्रिय खातामा जम्म भएका हुन।राष्ट्रिय बलियो हुन्छ कसैको व्यक्तिगत जेबमा जान दिदैन।

उनले भन्ने हाम्रो समाजमा दुर्गा ,लक्ष्मी र सरस्वतीलाई सबै जनाले पुजा गर्छ तर आफ्नै घरमा रहेको नारीलाई सम्मान गर्दैन जब सम्म नारीलाई सम्मान गर्दैन तब सम्म समाज परिवर्तन हुन सक्दैन ।

कार्यक्रममा उपभोतmा समितिका अध्यक्ष रामउदय यादव,वडा अध्यक्ष किशोरी यादव ,धुर्व नारायण यादव,सशस्त्र प्रहरी बल नेपाल वेस सोनिगामाका प्रमुख निरिक्षक नरेन्द्र सिंह धामी ,ईलाका प्रहरी कार्यलयका प्रहरी सा निरिक्षक सुजित कुमार सिंह,गैर आवासीय मधेशी संघ कतारका सल्लाहकार जगतलाल मण्डल सहितको सहभागीमा कार्यक्रम सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]