१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सप्तरीको विभिन्न स्थानबाट अबैध गाजा बोट फडानी

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

राजबिराज । सप्तरीको विभिन्न स्थानबाट अबैध गाजा बोट फडानी गरेको प्रहरी कार्यालयले जनाएको छ । बुधबारका दिन सप्तरीको राजबिराज नगरपालिका ११ र सुरुङ्गा नगरपालिका ४ बाट अबैध गाजा फडानी गरि नष्ट गरेको हो ।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.४ मधुपट्टि स्थित गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट प्र.स.नि.गुद्दर प्रसाद यादवको कमाण्डमा ७ जनाको प्रहरी टोलिले खेतमा लुकाई छिपाई लगाएको अबैध गाजाँ ६० बोट फडानि गरीएको छ । त्यसैगरी उक्त ठाउँमा ६ घरधुरी बाट अवैध रुपमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ अन्दाजी २०० लिटर र प्लास्टिकको भाडो १० थान बरामद गरि स्थानिय बासिहरुको रोहबरमा नष्ट गरीएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

त्यसैगरी सप्तरीको राजबिराज नगरपालीका ११ स्थित झलही फर्छट स्थितमा घर आगनमा लगाएको अन्दाजी ४०/४५ गाँजाको बोट अ.प्र. पोष्ट तितरीगाछीबाट खटीएको प्र.स.नि.को टोलीले फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]