०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

एकैपटक वडाध्यक्ष सहित ९ मोटरसाईकलमा आगजनी

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाँउपालिका वडा नं. ३ प्रके महुवामा अज्ञात समुहले एकैपटक वडाध्यक्ष सहित ९ वटा मोटरसाइकलमा आगजानी गरेका छन् ।

सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको वडाध्यक्ष विष्णुदेव साहसहितका ९ जनाको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको हो ।

आज विहान करिब ३ बजेर ३० बजेको समयमा पार्किंग गरि राखिएको मोटरसाईलमा आगलगी हुँदा जलेर पूर्ण रुपमा क्षति पुगेको छ । जनकनन्दनी गाँउपालिका वडा नं. ३ का वडा अध्यक्षको सरकारी नम्बर पलेट्को गाडी समेत जलेको छ । जस मध्ये ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाईकलहरु जलेर पूर्ण रुपमा क्षती भएको छ ।

यसैगरी बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकलहरु जलेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजन थापाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]