२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री राउत

Logo
प्रकाशित शुक्रबार, आश्विन २४, २०७६

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रहरीलाई प्रविधीयुक्त र साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ ले आज जनकपुरमा आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री राउतले पुरानै ढर्राले शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नसकिने भएकाले आफनो स्रोत साधनले भ्याए सम्म प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले नयाँ नयाँ प्रविधिको विकासले अपराधीहरु पनि त्यही प्रविधिहरुले प्रयोग गरि रहेको हुनाले त्यस्ता अपराधहरु नियन्त्रणको लागी प्रहरीलाई प्रविधियुक्त बनाउनुको विकल्प नरहेको उल्लेख गर्नु भयो ।
मुलुक नयाँ संरचनामा गई सकेको अवस्थामा प्रहरीलाई समेत सोही अनुरुप आफुमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्नु हुँदै उहाँले मुस्कान सहितको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनु भयो ।

अपराध अनुसन्धानको क्रममा राजनीतिक आग्रह पूर्वाग्रहबाट जोगिन निर्देशन दिनु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो, ‘ दोषी नबचुन, निर्दोष नफसुन, यस लाई आत्मसाथ गर्ने पर्दछ, कहि कतै बाट राजनीतिक दवाव आउछ भने वास्ता नगर्नुस, प्रदेश सरकार तपाईहरुको साथमा छ ।

प्राकृतिक विपदको समयमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नु हुँदै मुख्यमन्त्री राउतले जनता र प्रहरी बीचको सम्बन्धलाई त्यही अनुरुप अगाडी बढाउनु पर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्ण हरी पुस्कर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त अवसरमा अमर प्रहरी स्तम्भमा पुष्पमाला अर्पण गर्नुका साथै अमर प्रहरीका परिवारजनलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमको अवसरमा प्रहरीलाई शान्ति सुरक्षाको क्रममा सघाउनु हुने विशेष व्यक्तित्व एवं समाजमा विशेष योगदान गर्नु हुने व्यक्तित्वहरुलाई दोसल्ला सहित कदर पत्र समेत प्रदान गरिएको थियो । भने उत्कृष्ट प्रहरी अधिकारी एवं जवानहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]