०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

समाजवादी पार्टीकी नेतृ साह निवासबाटै पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन २४, २०७६

राजविराज । समाजवादी पार्टीकी नेतृ एवम् अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहारको मुद्दा परेको भन्दै शुक्रबार सप्तरी प्रहरीले साहलाई राजविराज नगरपालिका–६ खर्सालटोलस्थित आफ्नै निवासबाटै पक्राउ गरेको हो ।

महानगरी प्रहरी वृत्त कमलपोखरीबाट पत्राचार गरेकाले साहलाई नियन्त्रणमा लिएको एसपी कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।‘साह विरुद्ध महानगरीय प्रहरी वृत्तमा अभद्र व्यवहारको मुद्दा परेको छ’ उहाँले भन्नुभयो–‘आवश्यक अनुसन्धानकालागि साहलाई नियन्त्रणमा लिइ काठमाडाैं पठाउने तयारी भइरहेको छ ।’

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने भन्दै नेतृ साहलाई नियन्त्रणमा लिइएकाे हुन सक्ने आशंका गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]